रोल्पामा जिप दुर्घटना हुँदा २० जना घाइते [विवरण सहित]


मङ्सिर २६, ओत-रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका ओत देखि दाङ तुलसीपुरका लागि छुटेको रा १ ज ६१६ नम्बरको जिप आज बिहान करिब १० बजे दुर्घटना भएको छ । २२ जना यात्रुहरु बोकेर तुलसीपुर हिडेको जिप माडी गाउँपालिका १ झिनुवा नजिकै पेदा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा २० जना यात्रुहरु घाइते भएको इलाका प्रहरी चौकी घर्तिगाउँले जनाएको छ । प्रहरी चौकी घर्तिगाउँका अनुसार ३ जना गम्भीर घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुल्सिपुर लगिएको थियो । रेडियो माडी आवाज घर्तिगाउका रेडियो स्टेसन म्यानेजर बुद्धिमान वलीका अनुसार सामान्य घाइते भएकाहरु उपचार पछी फर्किएका छन् भने गम्भीर भाइते भएका ३ जनालाई उपचारको लागि कोहलपुर रिफर गरिएको पोष्ट पाटीलाई बताउनु भयो ।

यो समाचार तयार पार्दा सम्म सबै यात्रु सकुशल उपचार भैरहेको खबर छ । जिप २०० मिटर तल खोचमा अड्डिएको छ भने पूर्णरुपमा क्षेतीग्रस्त भइ दर्दनाक अबस्थामा देखिएको छ । इलाका प्रहरी घर्तिगाउँले तयार पारेको जिपमा सवार रहेका व्यक्तिहरुको नाम हेर्नुहोस यस्तो रहेको छ ।

तस्बिर: बुद्धिमान वली

२०७५ मंसिर २६,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको