भट्टराई प्रधानमन्त्री हुँदा निर्दोषलाई फसाउन प्रहरीलाई निर्देशन दिएको पूर्व एआईजीको खुलासा


मंसिर २५, काठमाडौं । कञ्चनपुर बलात्कार र हत्या काण्डमा प्रहरीले निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लागेकै समयमा प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृतले उच्च राजनीतिक तहबाटै प्रहरी अनुसन्धान प्रभावित पार्न दबाब दिने गरेको भेद खोलेका छन ।

पूर्व एआईजी देवेन्द्र सुवेदीले माईक्रो ब्लगिङ साईट ट्वीटर मार्फत घटना अनुसन्धानमा मुलुकको कार्यकारीबाटै दबाब आउने रहस्य सार्वजनिक गरेका हुन ।

कञ्चनपुर काण्डमा प्रहरी अनुसन्धानमाथि प्रश्न गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटमा जवाफ दिर्दै पूर्व एआईजी सुवेदीले भट्टराईले नै ६ बर्ष अघि निर्दोष ब्यक्तिलाई फसाउन निर्देशन दिएको आरोप लगाएका छन । भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा राजधानीको अनामनगरस्थित कृष्ण प्रसाईँको ५ तले घरमा काम गर्ने ३१ वर्षिया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीको अनुसन्धानले सो घटना आत्महत्या भएको देखाएको थियो । तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएपछि तथा परिवारले शव बुझ्न अस्वीकार गर्दै दोर्होयाएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए । दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएको थियो ।

तत्कालिन प्रधानमन्त्री भट्टराईले आइजीलाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीले आरोप लगाएका हुन । सो समय प्रहरीको कमाण्ड कुवेरसिंह रानाको हातमा थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

२६ मंसिर २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको