भाइ भाइको लडाइँ चलेको छ घरभित्रै
आफन्तले आफन्तलाई छलेको छ घरभित्रै
शिर झुकाइ पिडा लुकाइ हास्नुपर्छ घरभित्रै
अन्धबिस्वास कुसंस्कारलाई मान्नुपर्छ घरभित्रै
आफ्नाले आफ्नालाई नै दबाउछन घरभित्रै
केही गरौ भन्ने चाहा हराउदै छ घरभित्रै
बोल्नलाई छुट छैन दबाउछन घरभित्रै
चलमलाउन खोज्दाखेरी ढलाउछन घरभित्रै
काम गर्ने कामदारहरु भोकै हुन्छन घरभित्रै
परिवार र नानीहरु थाली थाप्छन घरभित्रै
कुविचार र कुबुद्दिमा हिडेका छन घरभित्रै
सभ्यता र संस्कृति नै ढलेको छ घरभित्रै
जीवन एउटा संघर्ष हो बाच्नुपर्छ घरभित्रै
समस्या र अपठ्यारोलाई फाल्नुपर्छ घरभित्रै
प्रतिक्रिया दिनुहोस