हुम्लामा पहिलो पटक सरकारी गाडी


रेशमराज रोकाया/कार्तिक २४, हुम्ला । हुम्लामा पहिलो पटक सरकारी गाडी पुगेको छ । चिनको सडकमा नेपाली गाडीलाई गुड््ने अनुमति नहुँदा रसुवा नाकाबाट कन्टेनरमा सरकारी गाडी राखेर चिनको ताक्लाकोट बजार सम्म ढुवानी गरेर गाडि भित्र््याईएको हो ।

चिनको सडक पार गर्नको लागि २ लाख ५० हजार ढुवानी भाडा तिरेर सरकारी गाडी हुम्ला ल्याइएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमूख शशाँक मिश्रले जानकारी गराएका छन् । राष्ट्रिय सडक सञ्जाल नछोएको हुम्लाको सडक विस्तार र अनुगमनको लागि भनेर आयोजनाले ल्याण्ड क्रुजर हुम्ला पुर््याएको हो । हिल्साबाट सिमकोटको ९५ किलोमिटर बाटोको ट्रयाक खुलेपछि सडक आयोजनाको कामलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि बा.१ झ ५८५० नंबरको गाडि ल्याईएको हो । नेपालको सुर्खेत र नेपालगञ्जबाट हवाई ढुवानी गर्नको लागि महँगो पर्न जाने भएकोले गाडीलाई चिनिया सडक प्रयोग गरी ल्याईएको हो ।

यस अघि निजी गाडीलाई नेपाली सेनाको हिलकोप्टर प्रयोग गरेर ३० लाख हवाई ढुवानी गरेर ल्याईएको भएता पनि सरकारी गाडीलाई हुम्ला पुर्याउनको लागि त्यती धेरै रकम नभएको कारण सडक मार्ग रोजेको आयोजना प्रमूख मिश्रले जानकारी गराउनु भयो । नेपाली सिमा क्षेत्र रहेको हिल्साबाट सिमकोट सम्म ९५ किलोमिटर दुरी पार गर्नको लागि ९ दिन लागेको छ । विभिन्न ठाउँमा सडक राम्रो नभएको कारण सडक मर्मत गर्दै गाडी ल्याउनु पर्दा त्यति धेरै समय लागेको हो । ठाउँ ठाउँका नदीमा पुल नहुँदा अझ गाडी सञ्चालनमा सहज नभएको हो । हिल्साबाट सल्ली हुँदै लेक धिँगाबाट सिमकोट पार गर्नको लागि हेप्प्का खोलामा पुल बनाएमा अब कहेी सहज हुने देखिएको छ ।

रसुवा नाका हुँदै कन्टेनरमा नेपालको हिल्सा नाकाबाट हुम्लाको सिमकोट ल्याईएको हिल्सा सिमकोट सडक आयोजनाको सरकारी गाडी ।

नेपाली सेनाले बाजुराबाट दक्षिणको सडक ट्रयाक खोल्ने प्रयास गरेको भएता पनि अझै हुम्लालाई सडक सञ्जाल छुनको लागि एक दश लाग्ने स्थानियको अनुमान रहेको छ । सिमकोट गाउँपालिकाको सदरमुकाम सिमकोट देखी खार्पुनाथ सम्म नियमित गाडी सञ्चालन भएको भएता पनि हुम्लामा सडक सञ्जाल खोल्नको लागि कछुवा गतिमा काम भईरहेको छ । दक्षिणमा अदानचुली र ताँजाकोट गाउँपालिकाले आन्तरिक सडक निर्माण गरिरहेको छन्् भने विच क्षेत्रको सर्केगाड र चंखेली गाउँपालिकाले पनि हरेक वर्षको बजेटमा सडक सञ्जाल जोड््नको लागि प्राथमिकतामा राखेको छ ।

हिल्सा सिमकोट सडक आयोजनाको सरकारी नम्बर प्लेटको गाडी भित्रिए पछि अब हुम्लामा सञ्चालन भएका आयोजनासँग सम्वन्धित सडक विस्तारमा केही तिव्रता ल्याईने कार्यलय स्रोतले जानकारी दिएको छ । गाडी हुमला पुुगे पनि यसको ईन्धन भने महँगो तिरेर सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । मुगुबाट खच्चरमा डिजेलको ढुवानी गरी सिमकोट पुर््याउँदा सम्म प्रति लिटर ६ सय देखी ७ सय सम्म पुग्ने भएको कारण यहाँका निजी र सरकारी गाडीलाई थप भार परिरहेको छ । कच्चि सडकमा गाडी गुडाउँदा ईन्धनको खपत बढी हुने भएको कारण पनि अझ थप भार परिरहेको छ । कच्ची सडकमा खाल्डो हुने र साँघुरो बाटोमा गाडी गुडाउनको लागि जोखिम रहेको गाडी चालकले बताउने गरेको छन् । कहाँनेर के हुने हो भन्ने ठेगान नै छैन, तै पनि हामी ज्यानलाइ हत्केलामा राखेर गाडी गुडाई राखेको बताउने गरेका छन् ।

हुम्लाको उत्तरी हिल्सा नाकामा भने नेपाली नम्बर प्लेटको गाडी नभएर चिनिया नम्बर प्लेटका गाडी गुडिहेको छन्् । कुनै गाडी त विना नम्बर प्लेट भएको गुडिरहेको देख्न पाईन्छ । यातायात विभागको कार्यलय हुम्लामा नहुँदा चिनिया नम्बर प्लेट र विना नम्बर प्लेट गाडी गुडाउनको लागि बाध्य भएको गाडी सञ्चालकले बताउने गरेका छन्् । नेपाली गाडी ल्याउनको लागि सरकारी झमेला अनि खर्च बढ््ने भएको कारण स्थानियले सामान ढुवानी गर्नको लागि चिनिया गाडी प्रयोग गर्ने गरेको नाम्खा गाउँपालिका वडा नं. ६ का छिमेल तामाङ्गले बताउनु भयो । ३० देखी ४० को हाराहारीमा हुम्लामा चिनिया गाडी सञ्चालन हुने गरेको स्थानियले बताएका छन्् । हिउँदको मौसममा खाद्य पदार्थ देखी बन्दोबस्तीका सामान आयात गर्नको लागि चिनिया गाडीको प्रयोग हुने गरेको छ । नाम्खा गाउँपालिकाको अधिकाँश भुभागमा अन्नबाली वर्षभरी पुग्ने नफल्ने भएके कारण स्थानिय चिनिया बजारबाट खाद्यान्न आपुर्ती गर्ने गरेका छन्् ।

फोटो ः रेशमराज रोकाया ।

२६ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको