नुवाकोटमा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० जना घाइते


असोज २६, काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् ।

समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना हुँदा १ महिला र एक वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

बसमा सवार यात्रीमध्ये ३० जना घाइते भएका छन् । तीमध्ये अवस्था गम्भीर भएका ५ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बस गणेशस्थानको छेरी खोलामा अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

२६ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको