सल्यानमा घाँटी रेटेर एक महिलाको हत्या


असोज २६, सल्यान । सल्यानमा घाँटी रेटेर महिलाको हत्या भएको छ ।

सल्यानको सारदा नगरपालिका-८, सिमखर्ककी करिब ५५ वर्षीया केवली नेपालीको सुतेकै ठाउँमा हत्या भएको हो ।

बिहीबार राति आफ्नै घरमा सुतेकी नेपाली बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कर्याालय सल्यानबाट गएको प्रहरी टोलीले ढोका खोली हेर्दा चक्कुले घाँटी रेटेको अवस्थामा उनको शव भेटिएको हो ।

अनुसन्धानका लागि क्षेत्रीय कुकुर शाखा कोहलपुरबाट कुकुर सहितको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि ८ किलोमिटर पश्चिममा पर्छ ।

२६ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस