०८ सेप्टेम्वर २०१८ ,
शारजाह [युएई]
“सिर्जना हौ नारी तिमी सम्मानमा हुनु पर्छ,
समानान्तरले पुरुष संगै सगरहरु चुम्नु पर्छ,,
उल्लेखित नारालाइ जोड्दै, प्रवासको भूमिबाट पनि चेली र माइतीको संबन्धलाई झल्को दिदै नेपाली समुदाय युएई द्वरा आयोजित कार्यक्रम “ सामुहिक दर खुवाउने तथा विविध साँस्कृतिक कार्यक्रम-२०७५” गत शुक्रबार भव्यताका साथ युएईको शारजाह शहरमा अवस्थित एक सानदार होटेलमा भव्यताका साथ सम्पन्न भएको छ |
संस्थामा आबद्द सदस्यहरुका मृतक आफन्तहरुको सम्झनामा श्रदासुमन अर्पण गर्दै , नेपाली राष्ट्रिय गानबाट श्रीगणेश गरिएको उक्त तीज कार्यक्रम धमाकेदार सांगीतिक माहोलका बीच , गीत, नृत्य, दोहोरीले लागदथ्यो होटेल परिसरनै नेपाली मौलिक चाडको इन्द्रेणीमय रोधी घर बनेको थियो |
सांस्कृति संगै सेवा मिस्रित कार्यक्रमबाट प्राप्त सहयोग र लाभांश महिलाहरुको परोपकारमा खर्चिने योजना रहेको कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष श्री रघुनाथ ढुंगेलले बताउनु भयो |
सत्य सनातन धर्मावलम्बी नारीहरुको यस चाड , धार्मिक एवं पारिवारिक जीवनमा, सुख, शान्ती, सम्बृद्दी , तथा दिर्घकालिन स्वस्थ र पवित्र पुण्य प्रणय जीवन प्राप्तीको मान्यतामा आधारित महान पर्व तीज, विवाहिता/अविवाहिता दुवै नारीहरुकाका लागि पूर्ण पतिव्रतता/स्वेक्षिक वर प्राप्ती, नैतिक आदर्श र आज्ञाकारिताको पौराणिक महत्वले भरिपूर्ण छ |
सोही कार्यक्रमका बीच गत २ हप्ता अघि फुजेरामा सम्पन्न फुटबल प्रतियोगितामा पहिलो रनर-अप बिजेता, नेपाली समुदाय फूटबल टिमलाई समेत भव्यताका साथ अभिनन्दन गरिएको थियो | खेलाडीहरु लाई बधाई दिदै संस्थाका अध्यक्ष , श्री मुन गुरुङले परदेशमा नेपाली खेलाडी तथा कलाकारहरुले नेपाललाई चिनाउन दुतको रुपमा भूमिका निभाएको बताउनु भयो |
तीज भब्य समारोहका बीच प्रमुख अतिथीको सम्मानमा आमन्त्रित, गैह्र आवासीय नेपाली संघ(NRNA), राष्ट्रिय समन्वय परिषद युएईका केन्द्रीय सचिव , श्री मिलन गुरुङ, नेपाली समाजका उपाध्यक्ष तथा नेपाली मुस्लिम समाज युएईका श्री नोमान सिद्दिकी तथा तराई मधेशमा दाइजो प्रथाको बिरुद्धमा कसरतरत संस्था, अपन मिथिला विकास परिषदका समाजसेवीहरु, बाला खिन्द्र शाह र ललित रायले नेपाली समुदायको यस्ता कार्यक्रमहरुले आपसी सांस्कृतिक सद्भाव,सहकार्य,सहिष्णुता र एकता कायमको संदेश दिएको उल्लेख गर्दै सम्पूर्ण दिदिबहिनिहरुको उत्तर उत्तर प्रगति तथा सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो | साथमा नेपाली समुदाय, महिला बिभागकी सल्लाहकार श्रीमती अन्जु ढुंगेल ज्युले समग्र निम्तालु सहभागीहरु प्रति संस्थाको तर्फ बाट संबोधन गर्दै स्वागत तथा शुभकामना मन्तब्य ज्ञापन गर्नु भएको थियो |
संस्कृतीको नाममा बिकृती भित्रिएको अवस्थामा आफ्नो मौलिक चाडको महत्वलाई भड्किलो नबनाई सबैले यसको मूल्यको कदर गर्नु पर्ने कुरामा जोड दिदै सम्पूर्ण युएईबासी महिलाहरुलाई अझै श्रम ,सिप र प्रतिभामा सशक्त हुदै अगाडी बढ्ने प्रेरणा नेपाली समुदाय, महिला बिभाग प्रमुख तथा कार्यक्रम अध्यक्ष दिप्ती चामलिंङ राईले प्रदान गर्नु भयो |
बिगत ४ बर्ष देखि युएईमा सामाजिक कार्यमा निकै सक्रिय संस्था नेपाली समुदाय युएईले आफ्नो संस्कृति, साहित्य र खेलकूदको बिकास संगै युएईमा अलपत्र, पिडित र दुर्घटनामा परेका नेपालीहरुको राहत तथा उद्दार कार्य निकै प्रसंशनीय रहेको सहभागीहरुले बताएका छन् |
प्रतिक्रिया दिनुहोस