नेपाली जनप्रगतिशील मोर्चाले अलपत्र परेका नेपाली युवाहरुको उद्धार


नेपाली जनप्रगतिशिल मोर्चा युएईले भिजिट भिसामा युएई ल्याएर दलालले अलपत्र पारेका तीन नेपालीलाई नेपाल पठाउन सफल भएको छ । नेपाली जनप्रगतिशिल मोर्चा युएईका पुर्व सचिव रमाकान्त बस्तोलाले पोखराका ६ जना युवाहरु युएईमा अलपत्र परेको खबर गरेपछि युएई स्थित मोर्चाका उपाध्यक्ष कमल पोख्रेलको टोलीले उद्धार गरि नेपाल पठाउन सफल भएको हो ।

पृथ्वीचोक पोखरा मलमा रहेको`सन एण्ड कम्पनि´को बिपिन सौगात योगीवाट कम्पनिमा काम लगाइदिने भन्दै भिजिट भिसामा अजय मानन्धर, विशाल क्षेत्री, विश्व श्रेष्ठ, दीपेन्द्र खड्का, जीवन गुरुङ, बोदमान गुरुङले जनही ३ लाख ५५ हजार बुझाएर युएई छिरेका थिए ।

जस मध्य जीवन गुरुङ, विश्व श्रेष्ठ र विशाल क्षेत्री नेपाल बुधबार बिहान नेपाल पुग्न सफल भएका हुन् । बाकी तीन जनाको पनि फर्किने प्रकृयामा रहेको मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले पोष्टपाटीलाई बताए ।

२७ भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको