दाङमा स्कुल वसको ठक्करबाट एक जनाको मृत्यु


भदौ २७, दाङ । दाङको खैरामा स्कुल वसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्वर–१० स्थित स्वर्गद्वारी बोर्डिङ स्कुलको वसको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुने तुलसीपुर काँडा खुट्टीको भए पनि नाम पहिचान नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरि शर्माले बताए । ठक्कर दिने रा१क ५८७ नम्वरको वसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२७ भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस