ग्यासचुलाे सफा गर्ने यस्ता छन् तरिका, जानी राखौ


काठमाडौं । नेपालमा प्रायः धेरै ठाउँमा ग्यास प्रयाेग हुँदै अाईरहेकाे छ । अाज हामी तपाइलाई ग्यासचुलाेलाई कसरी सफा गर्ने भन्ने बारेमा केही जानकारीहरु दिदै छाै ।

१- ताताेपानी र डिसवास – यसले गर्दा ग्यासचुलाेमा जमेका साना दाग सजिलै हटाउन सकिन्छ। सबैभन्दा पहिला एउटा कचाैरामा पानी र डिसवास मिलाएर घाेल्नुहाेस। त्याे घाेलले एउटा सफा कपडा प्रयाेग गरि ग्यासचुलाे पुछ्दा सजिलै दाग हटाउन सकिन्छ ।

२- बेकिङ साेडा – ग्यासचुलाेमा जुन ठाउँमा दाग छ त्यहाँ बेकिङ साेडालाइ छर्कि १५ मिनेट पछाडि दाँत माझ्ने ब्रसले सफा गर्दा सजिलै दाग हटाउन सकिन्छ।

३- कागती – ग्यासचुलाेमा रहेकाे कालाे दाग हटाउन कागती काे रस प्रयाेग गर्न सकिन्छ। कागती काे रसमा एसिडिक हुन्छ। त्यसैले ग्यासचुलाेमा रहेकाे कालाे दाग हटाउन सहज हुन्छ ।

२७ भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको