काठमाडौ । ब्लडप्रेसर चेक (जाँच) गर्दा कतिपयले गल्ती गरिरहेका हुन्छन । अाज हामी कसरी ब्लडप्रेसर चेक गर्ने भन्ने बारेमा जानकारी दिदैछाै।
१- रक्तचाप ( ब्लडप्रेसर ) जाँच गर्दा बाेल्नु हुदैन।
२- कम्तिमा ५ मिनेटकाे अाराम पछि मात्र ब्लडप्रेसर जाँच गर्दा राम्रो मानिन्छ।
३- हातलाई टेबलमा सर्पाट दिएर राख्नु पर्छ।
४- यदि जाँच गर्दा रक्तचाप बढि देखिएमा एकैछिनमा फेरि जाँच गर्नु पर्छ।
५- काेठाकाे वातावरण शान्त र तापक्रम अारामदायी हुनुपर्छ।
६- ब्लडप्रेसर जाँच लिनु भन्दा ३० मिनेट अगाडि देखि खाना चिया सुर्ति खानुहुदैन।
७- रक्तचाप जाँच गर्दा एउटा खुट्टा माथि अर्काे खुट्टा खप्टयाउनु हुदैन।
८-लुगाकाे माथिबाट ब्लडप्रेसर जाँच गर्नु हुदैन।
९- हिड्डुल वा व्यायाम गर्ने बित्तिकै प्रेसर जाँच गर्नु हुदैन।
प्रतिक्रिया दिनुहोस