राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु


साउन २७, काठमाडौँ । नेपाल युवा परिषदको राष्ट्रिय युवा सम्मेलन २०१८ शुरु भएको छ ।

आइताबार नेपाल युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर “Safe spaces for youth and transforming Nepal: Youth Leadership and Innovation” भन्ने मुल नाराका साथ काठमाडौँमा सम्मेलन आयोजना गरेको हो ।

देशभरका ७७ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री राईले अहिले नेपाल नयाँ संरचनामा प्रवेश गरिसकेकोले सामाजिक समावेशीकरणको सिद्धान्त अपनाई तराई, पहाड, हिमालका हरेक वर्गको भाषा, धर्म, साँस्कृती सम्मान गर्नुपर्ने बताएका छन् ।

मधेशी, मुस्लीम, थारु, नेवार, दलित, जनजाती, आदीवासी आदि सवैको राष्ट्रियता एउटै भएको बताउँदै मन्त्री राइले भने- ‘हाम्रो देश विविधताले भरिएको मुलुक हो, नेपालको विविधता नै हाम्रो पहिचान हो, कुनै पनि मुलुकको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण हुन्छ, युवा भविष्यका होइन, वर्तमानका कर्णधार हुन ।’,

बिशेष अतिथी रहेका संयुक्त राष्ट्र संघका आवासीय का.मु. प्रतिनिधि रिचार्ड होवार्डले युवा परिवर्तनका संवाहक भएकाले युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्नु पर्ने बताए । नेपाल विभिन्न सम्भावना र अवसरले भरिएको देश भएको भन्दै उनले यस विषयमा युवाहरुको भुमिका अह्म हुनुपर्ने बताए ।

नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको विशेष अतिथीको रुपमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुङ्गाना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक नरहरी प्रसाद घिमिरे, नेपालका लागि इथियोपियाका कोन्सेलर राजेन्द्र गिरी, बिशेष अतिथि डिजी रोटरी इन्टरनेशन डिस्ट्रिक ३२९२ नेपाल भुटानका चिन्तामणी भट्टराई अतिथीमा नागरिक समुहका अध्यक्ष निगम हुमागाई, विनोद अधिकारी, विष्णुहरी दाहाल, अनुज थापा, स्नेहाराज भण्डारी, गोविन्द भट्टराई लगायतको विशेष उपस्थिती रहेको थियो ।

तिन दिन सम्म चल्ने आवासीय सम्मेलनमा सहभागि युवाहरुलाई कृषि, पर्यटन, सुचना प्रबिधि लगतयात दिगो विकासका लक्ष्यहरु, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसन लगायतको विषयमा प्रशिक्षण दिईने र ७ वटै प्रदेशका युवाहरुले प्रदेश विकासका लागि छुट्टाछुट्टै योजना बनाई सम्बन्धित सरकारका प्रतिनिधीलाई बुझाउने कार्यक्रम रहेको आयोजन संस्थाका उपाध्यक्ष सुदर्शन बिडारीले बताए ।

देशभरीबाट विभिन्न समुदायको प्रनिधित्व हुने गरी २०४ जना युवाहरुको सहभागिता रहेको छ । शिलु अधिकारीले कार्यक्रमको संचालन गरेकी थिइन भने स्वागत मन्तव्य परिषदको केन्द्रिय सदस्य सलिना नगरकोटीले राखेकी थिइन ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको