ट्रान्समिटर जलेपछि सल्यान र रोल्पामा विद्युत सेवा अवरुद्व


साउन २७, सल्यान । विगत दुई हप्तादेखि विद्युत अवरुद्व हुँदा सल्यान र रोल्पाका जनताहरु अध्यारोमा बस्न बाध्य भएका छन् ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ को बुराँसेमा भएको विद्युतको मुख्य ट्रान्समिटर आगलागी भएपछि विद्युत अबरुद्व भएको हो । २५ केवीको ट्रान्समिटर जलेपछि विद्युत अबरुद्व भएको स्थानीयले बताएका छन् ।

विद्युत अवरुद्व भएपछि सल्यान बुराँसेको माथिल्लो भाग, चामी गाउँ र रोल्पा सुकिदह गाउँपालिकाको वडा नम्बर ३ को मनिमारेका करिब ५० घरधुरी सेवा लिनबाट बन्चित भएका छन् ।

यता नेपाल विद्युत प्राधिकरण सल्यानका निमित्त कार्यालय प्रमुख राम बाबु शाहले आफ्नो कार्यालयमा अर्को ट्रान्समिटर नभएकाले जोड्न ढिला भएको बताएका छन् ।

उनले अहिले नेपालगन्जबाट नयाँ ट्रान्समिटर ल्याएको र अबको दुईतिन दिनमा जोडिसक्ने बताएका छन् ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको