विराटनगर महानगरपालिका कार्यालय भित्र बम विस्फोट


साउन २७, विराटनगर । विराटनगर महानगरपालिका कार्यालयभित्रै बम विस्फोट भएको छ ।

आईतबार दिउँसो २ बजेतिर मेयरको आगन्तुक कक्षमा अज्ञात समूहले प्रेसर कुकुर बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

महानगरका मेयर भीम पराजुलीले कुकर बम विस्फोट भएको अनुमान गरिएको जानकारी दिए । ‘यो जनताको कार्यालय हो । कसले विस्फोट गर्यो भन्नेकुरा अनुमान गर्न सकिदैन’, मेयर पराजुलीले भने। प्रहरीले विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ ।

विस्फोटनका कारण कोठामा सामान्य क्षति पुगेको छ । बम विस्फोटनबाट मेयर भीम पराजुलीले चढ्ने को १ झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ ।

गाडीको पछाडिको भागको सीसा फुटेको छ । विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो । भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन् । उनको कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

अहिले प्रहरीले घटना भएको क्षेत्रमा प्रवेशमा रोक लगाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी घटनाको अनुसन्धान गरीरहेको छ ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको