बिद्याले काठमाडौं फोहरमा डुबायो, कुन्दनले ओलीलाई अन्धो बनायो: दिल निशानी मगर


साउन २७, काठमाडौ । लेखक दिल निशानिले देशको राजधानी काठमाडौंलाई मेयर विद्या सुन्दर शाक्यले ध्वस्त बनाइ सकेको बताएका छन् । चुनाव जित्दा स्मार्ट सिटिको सपना बाँडेर मेयर पद जितेका बिद्या सुन्दरले आफ्नो काठमाडौं महानगरपालीका भने जस्तो नबनाई सिध्याएको बताएका छन् ।

निशानीले एक टेलिभिजनलाई अन्तरवार्ता दिंदै एक प्रसंगमा भनेका थिए, ‘काठमाडौं त विद्या सुन्दरले खाइसक्यो, पतन भैसक्यो, सिध्यायो बिद्या सुन्दरले’ भन्दै तिखो आलोचना गरेका छन्।

मेयर शाक्यले सामाजिक संजालमा आउने सकारात्मक तथा नकारात्मक टिप्पणीहरुलाई वास्ता नगरेको भन्दै उनले थपे, टुइटर पनि हेर्दैन, पत्रिका पनि पढ्दैन, रेडियो पनि पढ्दैन, काठमाडौंमा कतिवटा घर छन् त्यो पनि थाहा छैन, फोर फाल्ने गाडी कति छन् त्यो पनि थाहा छैन, तर त्यो मान्छे कोहो भन्दा ‘मेयर’ हो, भन्दै कडा बिरोध गरेका छन्।

निशानीले भने, ‘यद्यपि मैले उनलाई भोट हाल्ने होइन तर मेरो देशको राजधानी हो, यो राजधानी संग हामी कुना काप्चामा रहेका जिल्लाबासीहरुको फिलिंग जोडिएको हुन्छ’, दुरदराजका नागरिकहरु केहि सिक्ने र गर्ने सपना बोकेर राजधानी पस्छन तर यहाँ आएपछि फोहोरको डंगुरमा फस्छौ, भन्दै मेयरलाई औंला भाँची-भाँची आलोचना गरेका छन् ।

त्यसैगरि प्रधानमन्त्री केपी ओलीका प्रेस सल्हाकार कुन्दन अर्यालको पनि तिखो आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीका आँखामा मोति बिन्दु लगाई दिएर अन्धो बनाएको आरोप लगाएका छन् । तिनै कुन्दनका कारण सामाजिक संजालमा प्रधानमन्त्रि ओली आलोचनाको निशानामा परिरहेको पनि बताएका छन्।

हाल पुनः संचालनमा आएको सिधा कुरा प्रधानमन्त्री संग कार्यक्रम सरकारको नेपाल टेलिभिजनबाट प्रसारण नगरेर निजि कम्पनीलाई दिन तिनै कुन्दन अर्यालको हात रहेको गम्भीर आरोप समेत लगाएका छन् । उक्त सिधा कुरा प्रधानमन्त्री संग कार्यक्रमको स्टेज सजाउन मात्रै २५ लाख रकम राज्यकोषबाट सकिएको भन्दै निशानिले आपत्ति जनाएका छन् ।

उक्त कार्यक्रमको मंच केवल ५ देखि ७ लाख सम्म खर्च हुने तर फजुल २५ लाख जनताको ढुकुटीबाट खर्च गरेको भन्दै आक्रोश पोखेका छन् ।

नेपाल सरकारको आफ्नै टेलिभिजनबाट कार्यक्रम प्रस्तुत नगरेर निजि कम्पनी मार्फत आफ्नो कार्यक्रम प्रस्तुत गर्नु गैरजिम्मेवारी पन भएको भन्दै, यसको जिम्मवार पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल रहेको प्रस्ट बताएका छन् । दिल निशानिले कुन्दन अर्याल प्रधानमन्त्रीको बुख्याँचा भएको समेत बताएका छन् ।

२०७५ श्रावण २७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको