खोलाले बगाउदा एक पुरुषको मृत्यु, कुलोमा डुबेर बालकको मृत्यु


साउन २७, दाङ । दाङमा ग्वारखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

ग्वारखोला तर्ने क्रममा बगेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगाउँ निवासी ४५ वर्षीय पर्शुराम चौधरीको मृत्यु भएको हो ।

शनिवार साँझ मजगाउँबाट घर फर्कने क्रममा उनलाई ग्वारखोलाले बगाएको थियो । उनीसंगै गजगाउँ गएका चित्र बहादुरले आईतवार विहान मात्र घरपरिवारलाई जानकारी दिएपछि चौधरीको शव ग्वारखोलाको पक्कि पुल देखी उत्तरतर्फ ईट्टा भट्टा नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि प्रकास सापकोटाले जानकारी दिएका छन् ।

शनिवार बेपत्ता भएका चौधरीको बारेमा आईतवार विहान मात्र थाहा पछि प्रहरीलाई जानकारी भएको डिएसपि सापकोटाले बताएका छन् । समयमै जानकारी नहुदा चौधरीको खोजीकार्य ढिलो भएको हो । उनका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती अन्चल अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।

चौधरी तुलसीपुर स्थित सरकारी वकिल कार्यालयका कार्यालय सहयोगि पदमा कार्यरत रहेका थिए ।

यसैबिच तुलसीपुरमै कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानपालिका १६ निबासी प्रकाश चौधरीका ८ बर्षिय छोरा अभिषेक चौधरीको गुहिन्द्रीकुलोमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको