समाज सेवामा कहिलै नथाक्ने इशाले रबिना बादीको छोराको उपाचार्थ गरिन सहयोग


साउन २७, काठमाडौं । संसार फरक स्वार्थ बोकेर आफ्नै गतिमा छ तर इशा गुरुङ भने सामाजिक स्वार्थ बोकेर उस्तै निरन्तर यात्रामा छिन । समाज सेवामा कहिलै नथाक्ने ‘अथक’ इशा गुरुङको मानव सेवा अझै निरन्तर जारि छ । उनका हरेक दिनहरु सदा झैँ समाज सेवामै छन्।

बरु इशाको समाज सेवा देख्नेहरु थाकिसके होलान तर उनको सेवामूलक यात्रा अविचलित छ, निरन्तर जारी छ ।

युकेमा बस्ने गुरुङसेनीलाई सामाजिक पेशेवर नै हुन् भन्दा फरक पर्दैन। यसरी इशा गुरुङले गर्दै आएको सहयोगहरु अथाहा छन । जस्को बर्णन गर्न असम्भव छ ।

खुट्टा क्यान्सर पिडित कटीभुललाइ २ लाख ६१ हजार सहयोग गरे लगतै अन्यायमा परेकी रबिना बादीको छोराको मुटुमा प्वाँल परेको हुँदा उनको उपचारार्थ पुनः आर्थिक सहयोग अभियानमा जुटिन ।

त्यही अभियान कै क्रममा प्युठानका नौ महिने बालकको दयनीय अबस्था देखेर फेरी आपतकालीन सहयोगमा जुटिन । बालकको शरीरभरि घाउखटिरा आएर बिजोग अबस्था थियो । गरिबिका कारण राम्रो हस्पिटलमा उपचार नपाएको सुनेपछी इशा गुरुङले मात्र ५ दिने अभियानबाट २ लाख ५३ हजार रकम सहयोग गर्न भ्याइन ।

त्यसपछी बाँकी रहेको रबिना बादिको छोराको मुटुको उपचारार्थ सहयोग अभियानमा जुटेर आइतबार पिडित रबिना बादीलाइ १ लाख १५ हजार सहयोग गरेकी छन । उक्त सहयोगका लागि संयोजनकारी भुमिकामा समाजसेवी खुसी राइले गरेकी थिइन भने उक्त रकम गायक तथा समाजसेवी जितेन बान्तावाले पिडितलाई हस्तान्तरण गरेका थिए ।

सहयोग पाएपछि रबिना बादीले इशा गुरुङ लगाएत उहाँको अभियानमा जोडिएर सहयोग गर्नुहुने मनकारी हातहरुलाई हृदय देखि धन्यवाद दिएकी छिन। खुसि व्यक्त गरेकी छिन ।

इशा गुरुङले यसअघी क्यान्सर पिडित रामदासलाई २ लाख ८२ हजार ५ सय, एसिड पिडित बिरमान महर्जनको लागि २ लाख ७०, त्यस्तैगरि बोन म्यारो क्यान्सर पिडित एलिष्ना राईलाई २ लाख ७४ हजार सहयोग गरेकी हुन् ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको