जन्म दिनको शुभकामना ‘प्रचन्ड कामरेड’


ह्यायापी बर्थ डे कमरेड
मुक्तिनाथ दहालले किन जन्माउनु भो
पैसठी बर्स अगाडी छविलाललाइ ढिकुरपोखरीमा
त्यो त मलाइ थाहा छैन

तर आज भन्दा बाइस बर्स अगाडी हामिले
उत्पिडित बस्तिहरुमा जन्माएका थियौ
कमरेड प्रचण्ड बनाएर पुस्पकमललाइ।
कमरेड म पनि तपाईको बाउ हु

तपाई लाइ जन्माउने म पनि हु
आज तपाईको जन्मदिन हुदै होइन
सुन्नुस ! तपाइका बाउहरु धेरै थिए
कति बाउहरु मरिसके त कति जिउदै छन

ति जिउदै बाउहरु मध्यको एउटा जिबित बाउ म पनि हु
तपाइको जन्मदिन आज हुदै होइन कमरेड
मेरो बिश्वास नलागे सोध्नुस
मङगलसेन घोराही र बेनि मा सहादत पराप्त गरेका

हजारौ बाउको चिहान सग गएर
बा मेरो जन्मदिन कहिले हो?
मान्छेहरु किन बहुलाएका हुन
हुदै नभएको जन्मदिन भनेर किन फोटो हालेर

रङग्याएका हुन फेअसबुकका भिताहरु
कमरेड आज तपाइको जन्मदिन हुदै होइन
तपाइ जन्मिएको त्यो रातो दिन
२०५२ फाल्गुन १ गते हो।

मुक्तिनाथलाइ थियो होला
छबिलाल लाइ ठुलो मान्छे बनाउने रहर
तपाई ठुलो भन्दा नि महा ठुलो हुनुभो
बाको चाहना भन्दा नि,,,

र पुरा पनि भयो त्यो सपना
अनि हामिलाइ पनि रहर थियो
प्रचण्ड लाइ हुर्काएर एउटा सुन्दर समाज निर्माण गर्ने
मुलुकमा समाजबाद ल्याउने

तर अह पुरा हुन पाएन हाम्रो सपनाहरु
हामिले जन्माएको प्रचण्ड जब
फस्न थाल्नुभो सम्सदिय कुलतमा
र तान्न थाल्नुभो दलाल ब्यबस्थाको हुक्का

अनि छियाछिया पार्नुभो आफ्नै कलेजोहरु
हो जन्मिन नपाउदै घाइते बनाएर सुताइएको छ
हामिले जन्माएको प्रचण्ड लाइ।
जे जस्तो भए पनि कमरेड
आज तपाईको जन्मदिन हुदै होइन।

कमरेड तपाइको जन्म हुदा
छाती फुलेर ठुलो भएको थियो गर्बले
जोडजोडले धडकिएथे मेरा यि
पल्मनरी धमनी र सिराहरु

हिजो तपाई हाम्रो आसा बोकेर जन्मनुभएको थियो
आज तपाइको नाम सम्झदा
भकभकी रगत उम्लेर आउछ
किनकी आज तपाइ निरासाले थिचिनुभएको छ

कमरेड तपाइको जन्मदिन आज होइन
तर पनि भन्न मन लागिरहेछ
ह्यापी बर्थ डे कमरेड

किन थाहा छ
हामिले जन्माएको प्रचण्डलाइ त
गाडिसकिएको छ सम्सदिय चिहानमा
दलाल ब्यबस्थाले जन्माएको पुस्पकमलालाइ

म पनि भन्न चाहान्छु
ह्यापी बर्थडे कमरेड।

बि पि बिद्रोही २०७५/८/२५

२०७५ मंसिर २५,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको