मङ्सिर २५, पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीले आर्कैको जग्गा हडप्ने खोप्लाङ्गे साहुको जग्गामा डोजर चलाएको छ । पिडित थापा परिवारको न्यायका निम्ती भन्दै खोप्लाङ्गे साहुले हडपेको जग्गामा डोजर चलाएको जनाएको छ ।
अन्यायमा परेका कृष्ण थापा परिवारलाई न्यायको निम्ति भन्दै डोजर चलाएको नेकपाले दाबी गरेको छ ।
पोखरा स्थित न्युरोड कैलाश बिकास बैंक अगाडी वर्ल्ड टचको दायाँ बायाँ रहेको ९ रोपनी ६ आना ३ दाम क्षेत्रफल रहेको जमिन विवाद न्यायपूर्ण नभएको भन्दै खरिदबिक्री र भाडामा लिन कार्य नगर्न समेत काँस्की जन सरकारले समेत चेतावनी दिएको छ । जग्गा रोकुवा गर्नुका ६ बुँदे कारण दिंदै पिडितबाट जालसाजी गरि जग्गा हडप्ने कार्य भएको नेकपाले जनाएको छ ।
खोप्लाङ्गे साहुले जालसाँचि गरि जग्गा हडप्ने काम गरेकोले उक्त जग्गा नेकपाको जनसरकारले कब्जा गरि यस अघि पनि झण्डा गाडेको थियो । सरकारी अदालतमा आर्थिक चलखेल गरि खोप्लाङ्गे साउले कृष्ण थापाको जग्गा आफ्नो नाउमा गराएको र उक्त कार्यमा तत्कालीन माओवादीहरु पनि आर्थिक चलखेलमा सरिक भएको आरोप समेत लागेको थियो ।
यस्ता छन् कारणहरु
यसअघि जन सरकारले यसरि गाडेको थियो झण्डा
तत्कालिन नेकपा माओबादीले २०६३ सालमा खोप्लांगे साहुबाट २ करोड बढी रकम लिएर पिडितको मुद्दालाई साम्य पारेको गम्भीर खुलासा भएको थियो । खोप्लाङ्गे साहुले जालसाँचि गरि जग्गा हडप्ने काम गरेको र सरकारी अदालतले समेत खोप्लाङ्गे साहुकै नाममा जग्गाको फैसाला गरेपछी पिडित कृष्ण थापाले न्यायका लागि माओबादी समक्ष उजुरी दिएका थिए।
पिडित कृष्ण थापाले २०६३ सालमा तत्कालिन नेकपा माओवादीलाई फैसला गरिदिन उजुरी गरेपछी केवल १० लाख दिएर माओबादीले आलटाल गरेको गुनासो पोखेका छन् । मुद्दा मिलाउने भन्दै खोप्लाङ्गे साहुबाट पैसा खाएर मुद्दा साम्य पारियो, मैले अझै न्याय पाएको छैन, पिडित थापाले गुनासो पोखेका थिए ।
तत्कालिन माओबादी जिल्ला सह-इन्चार्ज रामजी बराल, पार्टीका राज्य समिति सचिव तथा केन्द्रीय अध्यक्ष हरि अधिकारि ‘कुमार’ र पोखराका स्थानीय नेता भुमि पराजुलीले २ करोड रकम लिएको पिडित कृष्ण थापाले आरोप लगाएका थिए ।
त्यसपछि माओवादी केन्द्रका कार्यकर्ताहरुले रकम चलखेलमा आफ्नो पार्टी मुछिएको भन्दै पार्टी भित्र जवाफ मागेका थिए तर नेताहरुले उक्त रकमबाट पोखराको शिवालय चोकमा १ करोड २६ लाखमा पार्टी कार्यलय किनेको बताउदै आएका छन्।
त्यसपछि नेपाल कम्युनिस्ट पार्टी जनसरकार कास्कीले बिवादिद न्युरोडमा रहेको खोप्लाङ्गे साहुको जग्गा कब्जा गरि २०१७ सेप्टेम्बरमा झण्डा गाडेको थियो ।
खोप्लाङ्गे साहुले जालसाँचि गरि जग्गा हडप्ने काम गरेकोले उक्त जग्गा नेकपाको जनसरकारले कब्जा गरि झण्डा गाडेको बताएको थियो । सरकारी अदालतमा आर्थिक चलखेल गरि खोप्लाङ्गे साउले आर्कैको जग्गा आफ्नो नाउमा गराएको र तत्कालीन माओवादीहरु पनि आर्थिक चलखेलमा सरिक भएको भन्दै उक्त जग्गा कब्जा गरेको कास्की जन सरकार प्रमुख जगन तिवारीले बताएका थिए ।
खोप्लांगे साहुले स्थानीय माओबादी नेता भुमि पराजुलीको नाममा आफुलाई १० लाखको चेक काटेर दिएको थापाले स्वीकार गरेका थिए तर खोप्लांगे साहुको भने निधन भैसकेको छ ।
तस्बिर रमाकान्त पाण्डे
प्रतिक्रिया दिनुहोस