कार्तिक २५, युएई । बिगत केहि महिना देखि ब्रेन ह्यामरेज भएर अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई युएईमा रहेका विभिन्न संघ संस्थाहरुको सहयोगमा नेपाल फर्काइएको छ । ताप्लेजुङ थिङ्गलाबूबाट बसाइँ सराई गरेर मोरङ झरेका लिम्बुलाई शनिबार राती १२ बजे युएईको दुबई एरपोर्टबाट उडान भएका थिए ।
बिरामीलाई ट्रान्जिटमा दिल्ली हुँदै नेपाल पुर्याएको थियो । दुबईबाट इतिहात एरलाइन्समा डाइरेक्ट फलाइट भएपनि निकै महङ्गो हुने भएको हुँदा एर इन्डिया मार्फत दिल्ली हुँदै नेपाल पठाउनु परेको हो । उनलाई बिराटनगर न्युरो हस्पिटलमा रिफर गरिएको छ । बिरामीलाई आइतबार नै काठमाडौंबाट बिराटनगर लगिदै छ ।
लिम्बुको उद्दारका लागि युएईमा रहेका विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरेका थिए । ताप्लेजुङ सेवा समाज युएईका महासचिव भवानी लिम्बु र नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले उद्दारको लागि बिशेष संयोजनकारी भूमिका खेलेका थिए । कमल पोख्रेलले बिरामीलाई नेपाल लैजान आबस्यक पर्ने कागजात अबुधावीमा रहेको नेपाली दूतावास संग समन्वय गरि ब्यबस्थापन गरेका थिए ।
बिरामी अबैधानिक रुपमा काम गरिरहेकाले कागजात बनाउन केहि कठिनाई भएपनि दूतावासको समन्वयमा सहजै कागजात बनेको थियो ।
जित बहादुर उद्दार समिति
जित बहादुर लिम्बुलाई नेपाल फर्काउन ताप्लेजुङ सेवा समाज युएईका महासचिव भवानी लिम्बुको संयोजकमा उद्दार समिति गठन गरिएको थियो । उप-संयोजकमा नेपाली जनप्रगतिशिल मोर्चा युएईका उपाध्यक्ष कमल पोख्रेल र संघिय लिम्बुवान सामाजिक मंच युएईका अध्यक्ष लासांग निङ्गलेकु लिम्बु रहेका थिए।
अन्य सहभागी संघ संस्थाहरुबाट एक जना प्रतिनिधिहरु रहेका थिए । पशुपति बचत सस्था युएई (किशन खनाल), मितेरी समाज युएई (प्रदीप पुन मगर), मितेरी समाज युएई दुबाई शाखा (राम मगर), नेपाली समाज युएई (तोया नाथ लम्साल), प्युठान स्वर्गद्वारी समाज युएई (दुजमान सुनार), दाङ्ग देउखुरी समाज युएई (कमल गिरि), किरात याक्थुंग चुम्लुङ्ग युएई (राजु कुरूबाङ् लिम्बु), आदिबासी जनजाति महासघ युएई, (सरोज पयाङ्गो लिम्बु), युमा साम्यो महा सम्मेलन संयोजक समिति युएई(गोबिन्द लुङ्गफाबुङ्ग), तनहु समाज युएई (कृष्ण पौडेल), जबेल अलि समुह युएई (गणेश इङ्गनाम), पाल्पाली समाज युएई (कैलाश अर्याल), अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई (किर्तिमान पुन मगर), झापाली समाज युएई (अमर राई), नेपाली समुदाय युएई (कृष्ण), गोर्खे ग्रुप समुह अल ऐन, सामुहिक युवा प्रयास बहुउद्देश्यीय सहकारी सस्था काठमाडौं नेपाल (शुरज शर्मा), महिला सदस्य सोनी भण्डारी (ताप्लेजुंग समाज सेवा युएई) लगायतका संस्थाहरु जुटेका थिए ।
यसरि उठ्यो आर्थिक सहयोग
जित बहादुर उद्दार समितिको पहलमा रकम संकलन भएको थियो । सहयोग गर्नेहरु पशुपति बचत सस्था युएईले २०० दिराम, संघिय लिम्बुवान सामाजिक मंच युएईले १९३९ दिराम, ताप्लेजुङ्ग समाज सेवा युएईले ४०२० दिराम, मितेरी समाज युएई (केन्द्र) ५०० दिराम, मितेरी समाज युएई (दुबाई शाखा) ४१० दिराम, नेपाली समाज युएईले ६१५ दिराम, प्युठान स्वर्गद्वारी समाज युएईले ५०० दिराम, दाङ्ग देउखुरी समाज युएईले ५०० दिराम, किरात याक्थुंग चुम्लुङ्ग युएईले २३१३ दिराम, नेपाल आदिबासी जनजाति महासघ युएईले १५२५ दिराम सहयोग गरेका थिए ।
पारिवारिक सदस्यहरु गंगा लाल थलंग लिम्बु, नन्दलाल थलंग लिम्बु, चन्द्र लाल वनेम लिम्बु, अमन थाङ्गदेन लिम्बुबाट ४१२० दिराम सहयोग गरेका थिए ।
युएईमा रहेका अन्य संस्थाहरु युमा साम्यो महा सम्मेलन संयोजक समिति युएईले ८०० दिराम, तनहु समाज युएईले ३०० दिराम, जबेल अलि समुह युएईले ३१५ दिराम, पाल्पाली समाज युएईले ५०० दिराम, झापाली समाज युएईले ५५० दिराम, नेपाली समुदाय युएईले ३४० दिराम, अल एन जेल गोर्खे ग्रुप युएईले ३६६ दिराम, सामुहिक युवा प्रयास बहुउद्देश्यीय सहकारी सस्था काठमाडौं नेपालले २५० दिराम र लोकेन श्रेष्ठले १०० दिराम, एनआरएनए युएईले ५५५ दिराम सहयोग गरेका थिए ।
यसरि सबै रकम २० हजार ७ सय १८ युएई दिराम उठेको थियो ।
बिरामीको लागि भएको खर्च
जित बहादुर लिम्बुको उपचार खर्च दुबई स्थित रशिद हस्पिटलले १ लाख ६० हजार दिराम मिनाहा गरेको छ । बिरामीलाई नेपाल सम्म पुर्याउनुको लागि एयर लाइन्स संग समन्यन देखि एक जन नर्सको व्यस्था पनि गरेको थियो ।
सहयोग स्वरूप उठेको रकम २० हजार ७ सय १८ दिराम मध्ये बिरामीलाइ नेपाल पठाउन १७ हजार ८ सय ८३ दिराम खर्च भएको छ भने बाँकी रहेको बचत २ हजार ८ सय ३५ दिराम सहयोगार्थ खोलिएकोको खाता नम्बरमा सहयोग स्वरूप छिट्टै जम्मा गरिने संयोजक भवानी लिम्बुले बताए ।
बिरामी संगै नेपाल जाने नर्सलाई १५ सय दिराम, एम्बुलेन्स खर्च ६ सय ५०, बिरामीलाई जहाजमा चाहिने औषधि खर्च ५ सय २० दिराम, मेडिकल रिपोर्ट खर्च २ सय ७० दिराम, नर्सलाई आउने/जाने टिकट, बिरामी र सहयोगीको टिकट १४ हजार ५ सय १०, दिल्ली एरपोर्ट चार्ज ४ सय ३३ गरि जम्मा १७ हजार ८ सय ८३ दिराम खर्च भएको थियो ।
आफ्नै नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजाने ब्यबस्था नहुँदा महँगो खर्च
युएई देखि नेपाल उडान भर्ने आफ्नै नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजाने ब्यबस्था नभएको कारण बिरामीलाई नेपाल लैजान जहाँज ब्यबस्था मिलाउन निकै कठिन भएको अभियन्ता भवानी लिम्बुले बताए ।
दुबई देखि एतिहात एरलाइन्समा डाइरेक्ट बिरामी लैजाने ब्यबस्था भएपनि अत्यधिक महंगोका कारण उक्त एरलाइन्स प्रयोग गर्न नसकिने उनले बताए । ब्रेन ह्यामरेज भएर अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई डाइरेक्ट फलाइटमा पठाउन निकै महंगो भएको कारण एरइन्डिया मार्फत महँगो खर्चमा दिल्ली हुँदै ट्रान्जिटमा नेपाल पठाउनु परेको बताएका छन् । आफ्नै नेपाली नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजाने ब्यबस्था भए यति धेरै खर्च नलाग्ने उनको बुझाइ छ ।
उनले भने बिरामीलाई नेपाल लैजान जहाँजको ब्यबस्थापन गर्न निकै कठिनाइ हुँदोरहेछ, अस्पतालले जहाँजको बन्दोबस्त नगरिदिएको भए आफुहरुलाई निकै गाह्रो पर्ने थियो ।
आफ्नै नेपाली ध्वजावाहक जहाजमा बिरामी लैजान पाउने ब्यबस्था गर्नको लागि विप्लव निकट प्रबासी संगठन नेपाली जनप्रगतिशील मोर्चा युएईले सम्बन्धित निकाय संग पहल गर्ने बताएको छ ।
युएईमा बिरामी पर्दा नेपालीहरुलाई बिरामी अबस्थामै नेपाल फर्काउनु परेको खण्डमा आफ्नै ध्वजावाहक जहाँज प्रयोग गर्न पाउने ब्यबस्थाका लागि नेपाल सरकार संग पहल गर्न नेपाली जनप्रगतिशील मोर्चा दुतावास समक्ष माग पत्र लिएर जाने तयारि गरेको उपाध्यक्ष कमल पोखरेलले बताए । उक्त बिषयमा यसअघि दूतावासका राजदुत सागर फुइयाल संग ब्यबस्थापनका लागि मौखिक छलफल गरेको जनाए । यसै क्रममा राजदूत फुइयालले संस्थाको आधिकारिक माग पत्र सहित आउँन सुजाय पछी सांगठनिक रुपमा मागपत्र सहित दूतावास जाने तयारी गरेको उपाध्यक्ष पोख्रेलले पोष्टपाटीलाई बताए ।
कसरि बिरामी भएका थिए जित बहादुर
ताप्लेजुङ थिङ्गलाबूबाट बसाइँ सराई गरेर मोरङ झरेका र रोजगारको शिलशिलामा २०१५ डिसेम्बरमा युएई आएका जित बहादुर लिम्बु पोश्पोइन्ट इन्टेरिओर डिजाइन एलएलसी फिनिसिङ कार्पेन्टरको काम गर्थे । कम्पनिले केहि समय पछी तलव दिन छोड्यो र तलवका लागि केस लिएर लेबर कोट समेत पुगेका थिए ।
पुरानो मालिकले उक्त कम्पनी अर्कै मालिकलाई बेचेपछि उनको सम्पूर्ण बाँकी रहेको तलब र नयाँ भिसा देखि मेडिकल इन्सुरेन्स सम्म बनाइ दिने सर्तमा लिम्बु पुन: कम्पनीमा काम गर्दै आएका थिए । उक्त समयसम्म उनको भिसाको म्याद सकिएर अवैधानिक भैसकेका थिए ।
यहि क्रममा अगस्त १६ गते बिहान ड्युटी जान खोज्दा उनलाई एक्कासि चक्कर लागेको थियो, त्यसपछि त्यो दिन लिम्बु काममा नगई आफ्नै रुममा रेष्ट गरेका थिए तर साँझको करिव ३/४ बजे तिर आफ्नै रुममा उनि बेहोस भए । उनलाई तत्कालै रशिद हस्पिटलमा भर्ना गरिएको थियो ।
लिम्बुलाई १८/१९ दिन आइसीयुमा राखेर उपचार गरिएको थियो । आइसीयुबाट निकालेर करिब एक महिना जति नर्मल कोमामा राखिएको थियो । पहिलेको भन्दा केहि सुधार आएपछि १५-१६ दिन अघि देखि वार्ड -१ मा अर्धचेत अबस्थामा उपचार भैरहेको थियो ।
यहि अबस्थामा उनको उपचारमा रहेका डाक्टरले बिरामीलाई नेपाल लैजान सल्लाह दिएका थिए ।
प्रतिक्रिया दिनुहोस