छठ पूजाका ब्रतालुलाई पूजा सामाग्री तथा बस्त्र बितरण


ब्रहानन्द ठाकुर/कार्तिक २४, जनकपुरधाम । प्रदेश सरकारलाई अघि बढ्न तथा निती नियममा आवश्यक परिमार्जनका लागि धनुषा चेम्बर अफ कमर्सलाई सुझाब दिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।

धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्धारा छठ पूजा गर्ने ब्रतालुहरुका लागि गरिएको पूजा सामाग्री तथा बस्त्र बितरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले असल कार्य तथा विकासका कार्यमा आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताउनुभएको छ ।

साथै उहाँले छठ व्रतालुहरुका लागि गरिएको पुजा सामाग्री वितरणका लागि आयोजकको प्रशँसा समेत गर्नुभयो ।
कार्यक्रममा छठ पूजा गर्ने एक सय एक व्रतालूहरुलाई पुजन सामाग्री तथा वस्त्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जनकपुरधाममा मनाईने छठ पूजालाई ३ दिवसिय भव्यता प्रदान गर्न सकिए यस क्षेत्रमा पर्यटक तान्न सकिने बताउनुभएको छ ।

कार्यक्रममा जनकपुरबाट अयोध्यासम्म साईकलबाट यात्रा गरेका रँजीतलाई चेम्बर अफ कमर्सले सम्मान गर्नुका साथै साईकल प्रदान समेत गरेका थिए ।

कार्यक्रममा प्रथम महिला सबिता कायस्थ, प्रदेश साँसद परमेश्वर साह, साहित्यकार राम भरोस कापडि सहितको उपस्थिति रहेको थियो ।

२५ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको