जिल्ला स्तरिय फुटबल सम्पन्न


रेशमराज रोकाया/कार्तिक, २१, हुम्ला । जिल्लामा फुटबल खेलको प्रवद्र्धन गर्नको लागि जिल्ला स्तरियय फुटबल खेल सम्पन्न भएको छ । शिवमन्दिर युवा क्लवको आयोजनामा भएको फुटबल प्रतियोगितामा सिम ब्वाईज क्लव र योङ्ग स्टर क्लवको विचमा फाईनल खेल भएको थियो । फाईनल खेल सिमकोटको जिल्ला खेलकुद विकास समितिको ग्राउण्डमा सम्पन्न भएको हो ।

फाईनल खेलको लागि पहिलो हाफमा सिमब्वाईज क्लवले २ गोलको अन्तर लगेको थियो । क्लवका तर्फबाट पहिलो गोल दिपेन्द्र शाहीले करिब ७५ मिटर मध्य दक्षिणबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । त्यसै गरी १० मिनेटको अन्तरमा सिमव्वाईजका मिड फिल्डर विसाल बुढाले प्रहार गरेको बल गोल हुँदा सिमव्वाईज क्लव अग्रता लिएको थियो । दोस्रो हाफको खेलमा सिमव्वाईजले केही रणनिती परिवर्तन गरी अझ आक्रमणको शिलशिला बढाएको थियो । पहिलोहाफमा केही डिफेण्ड कमजोर देखिएको सिमव्वाईजले गोल अग्रता लिएको थियो । योङ्ग स्टार क्लवका खेलाडी भने पहिलो हाफमा निक्कै राम्रो प्रदर्शन गरेको भएता पनि धेरै प्रहार खेर फालेको थियो । खेललाई हेर्दा अधिकाँले योङ्गस्टार क्लवले जित्ने आँकलन गरेको भएता पनि निक्कै सिपालु खेलाडी रहेका सिमव्वाईजको अगाडी योङ्गस्टार क्लवले हार व्यहोर्नु परेको थियो । सिमव्वाइज क्लवले यस अघि पनि २ पटक जिल्ला स्तरिय फुटबल खेलको जित हासिल गरी सकेको छ ।

खेलमा रेफ्रिले ह््याण्ड बल निदएको भन्दै योङ्गस्टार क्लवका खेलाडीले असन्तुष्टी जनाएका थिए । खेलको दोस्रो हाफमा योङ्गस्टार क्लवका क्याप्टेनले योङ्गस्टारको प्रहारलाई सिमव्वाईज क्लका गोल किपर मोहन रोकायाले फर्काएको प्रहारलाई केही सेकेण्ड पछिको बललाई प्यानल्टी एरियामा दुबै हातले गोल पोस्टमा बल प्रहार गरे पछि केही समयको लागि खेल रोकिएको थियो । फुटबल खेलको प्रवद्र्धन गर्नको लागि शिवमन्दिर युवा क्लवले स्थानिय तहका कार्यलय, जिल्ला खेलकुद विकास समिति र सरोकारवाला निकायसँगको सहकार्यमा हरेक वर्ष खेल आयोजना कार्य निरन्तर दिने अध्यक्ष भिम रोकायाले बताउनु भयो । यस आयोजनाबाट आगामी केही दिनमा क्षेत्रिय र राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडीको समेत छनौट गरिने आयोजक शिवमन्दिर युवा कलव स्रोतले जानकारी गराएको छ ।

आयोजकले प्रथम हुने क्लवलाई ५० हजार र दोस्रो हुने क्लवलाई ३० हजार, सान्त्वना हुने क्लवलाई ६ हजार नगद राशीको पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना खेलमा टि.एफ््.सी. रेड र टि.एफ््.सी. आई भएका थिए । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सिमव्वाईज्् क्लवका निराजन बुढा, सिमव्वाईज्् क्लवका उत्कृष्ट गोल रक्षक मोहन रोकाया, उत्कृष्ट गोलकर्ता टि.एफ. सी. रेडका दिनेश रावतलाई समेत सम्मान गरिएको छ अध्यक्ष भिम रोकायाले जानकारी दिनुभयो । खेल आयोजनामा हुम्लाका विभिन्न पालिकाबाट १२ वटा खेल समूहले भाग लिएका थिए । हरेक वर्ष दशैं र तिहारको विचको समयमा खेलको आयोजना गरिदै आएको छ ।

जिल्लामा फुटबलको लागि खासै कुनै पुर्वाधार नहुँदा खाली मैदानमा नै फुटबल आयोजना गर्ने गरिएको छ । कडा माटो र ढुँगा भएको मैदानमा फुटबल आयोजना हुँदा खेलाडीलाई चोट पटक लाग्ने समस्या रहेको छ । यस अघि नेपाल सरकारका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले ३ करोड खेल मैदान व्यवस्थापनको लागि प्रदान गरेको भएता पनि अपुग हुँदा कर्णाली प्रदेश सरकारले थप १ करोड रकम खेलकुद मैदान व्यवस्थापनको लागि छुट््याएको जिल्ला खेलकुद विकास समितिका अधयष विनोद बोहराले जानकारी गराउनु भयो । खेलकुद विकासको लागि खेलमैदानको रंगशाला निर्माण पछि हुम्लाको खेलाडीको लागि सहज हुने समेत आँकलन गरिएको छ ।

फोटो ः रेशम राज रोकाया
क्याप्सन ः विजेता सिमव्वाईज क्लबका खेलाडी ।

 

२५ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको