विप्लव निकट पत्रकारहरुले पुर्बी नेपालमा मानवअधिकार बिषयमा बहस चलाउने


कार्तिक २५, काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारी पत्रकार क्रान्तिकारी पत्रकार संगठन नेपालले देशैभरि अभियान मार्फत मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक बहस चलाएको छ । पश्चिम नेपालबाट सुरु गरेको अभियान अब भने पुर्बी नेपालमा पुग्ने भएको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा रहेको अभियान टोलि पुर्वका एक दर्जन जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक बहस, छलफल एवम् अन्तरक्रिया कार्यक्रम चलाउने भएको छ ।

पछिल्लो समय राज्य पक्षबाट अधिकतम दमन गरिएको प्रदेश १ का विभिन्न जिल्लामा पुगि अभिव्यक्ति स्वतन्त्रतामा राज्य पक्षबाट गरिएको दमन र हस्तक्षेपका बिरुद्ध मानवअधिकारकर्मि, कानुनी व्यवसायी, नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरू सँग बहस एवम् अन्तरक्रिया गरि राज्य पक्षबाट सविधान प्रदत्त अधिकार समेत खोसेको बिषयलाई राज्य पक्षलाई सचेत एवम् ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ ।

देशभर सोही बिषयमा अन्तरक्रिया, बहस एवम् छलफल चलाउदै हिडेको सँगठनको केन्द्रीय नेतृत्व तिहार पछि प्रदेश १ जहाँ अधिकतम् मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोसिएका जिल्लाहरु छन समन्धित जिल्लामा पुगेर बहस एवम् राज्य पक्षलाई सचेत एवम् ध्यानाकर्षण गराउने छ ।

संगठनले यस अगाडि कञ्चनपुर, कैलाली, बाँके, सुर्खेत, दाङ, बुटवल, कास्की, चितवन, काठमाडौ, धनुसा र सिन्धुलिमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रमका लागि सँगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा पत्रकारहरुको टोलि पुर्व जादैछ ।

२५ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको