नवलपरासीमा तीर्थ गएका एक युवक बेपत्ता


असोज २५, नवलपरासी । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।

असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले जानकारी दिए । उनि १७ गते तीर्थका लागि भारत गएका थिए । नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उनले जानकारी दिए ।

गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए । विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए ।

त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताए ।

२५ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको