असोज २५ काठमाडौँ । सिंगापुर एयरलाइन्सले विश्वमा अहिलेसम्मकै लामो उडान भर्ने भएको छ। बिहिबार सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्यूयोर्क, अमेरिकासम्मको उडान लगातार १९ घण्टा तय गर्न लागेको हो।
जुन विश्वमा अहिलेसम्मकै लामो उडान हुनेछ। यस उडानका क्रममा सिंगापुर एयरलाइन्सको विमानले १५ हजार किलोमिटर भन्दाबढीको दुरी पार गर्नेछ।
यसअघि सिंगापुर एयरलाइन्सलेनै १९ घण्टाको लगातार उडान भर्ने योजना ल्याएको थियो। केहि समय संचालनमा आएपनि यस सुविधा महंगोभएपछि पाँच वर्षपछि बिहिबार एयरलायन्सले सोहि योजना कार्यान्वयनमा ल्याउन लागेको हो।
सिंगापुरदेखि न्यूयोर्क लगातार उड्ने विमानमा १ सय ६१ यात्रु क्षमता रहेको छ। एयरलाइन्सले यात्रुहरुको अनुरोधपछि पुन: यस्ताे सुविधा प्रदान लागेकाे बताएकाे छ। सिंगापुर-न्युयाेर्क रूटमा विशेषगरी व्यापारीहरुले यात्रा गर्छन्। यी दुवै व्यापारिक हब मानिन्छन्।
विश्वकै लामाे याे उडानमा इकाेनाेमी क्लास हुने छैन। बिजनेस क्लास तथा प्रिमियम इकाेनाेमी क्लास मात्र छन्। एयरलाइन्स याे उडानमा इकाेनाेमी क्लास राख्न पनि इच्छुक देखिएकाे छैन।
विश्वभर लामो दुरीको उडान भर्ने लहर नै चलेको अवस्थामा सिंगापुर एयरलाइन्सले न्युयाेर्क उडान सुरू गरेकाे हाे। यसैवर्षको सुरुवातमा क्यान्टसले १७ घण्टासम्म लगातारकाे उडान संचालनमा ल्याएको थियाे। याे उडान पर्थदेखि लण्डनसम्म पुग्छ। यस्तै कतारले समेत साढे १७ घण्टा अकल्याण्डदेखि दोहाको उडान गर्दै अाएकाे छ।
प्रतिक्रिया दिनुहोस