दाङमा बस र मोटरसाईकल ठोक्किँए, श्रीमान–श्रीमती गम्भीर घाईते


असोज २५, दाङ । दाङमा बस र मोटरसाइकल एकआपासमा ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् ।

बिहीबार बिहान दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा ग १ ख ७७०३ नम्बरको बस र रा २ प २८६९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा श्रीमान–श्रीमती गम्भीर घाईते भएका हुन् ।

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३९ बर्षीय प्रकास केसी र उनकी श्रीमती ३६ बर्षीय सुनिता केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनीहरुको दुबैको खुट्टाको हड्डि फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी रहेको समेत उनले बताए ।

हापुरेबाट तुलसीपुर आउँदै गरेको बस र तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको मोटरसाईकल एक-आपसमा ठोक्किएको प्रहरीले बताएको छ ।

२५ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस