सिन्धुलीका वाइसिएल अध्यक्ष श्रेष्ठ काठमाडौंबाट पक्राउ


भदौ २६, काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ ।

मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो । वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठमाथि प्रहरीले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको जनाएको छ ।

श्रेष्ठले केही समय अघिदेखि आफ्नो घर निर्माण गर्न ठेक्केदारलाई जिम्मा दिएका थिए । ठेक्केदारले त्यसबापतको पैसा माग्दा उल्टै पेस्तोल देखाएर धम्की दिएको प्रहरीको आरोप छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वाईसिएल तत्कालीन नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन हो । श्रेष्ठले यसअघि एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराधमा सजाय भुक्तान गरिसकेका छन् । उनी सिन्धुली कमलामाई नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।

२६ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको