झापामा ब्यवसायीको धारिलो हतियार प्रयोग गरि हत्या


भदौ २६, झापा । झापा दमकका एक ब्यवसायीको बिभत्स हत्या भएको छ ।

झापा कमल गाँउपालिका वडा नं. ६ घर भइ दमक ६ मा ब्यवसाय गर्दै आएका खेमराज पौडेलको गौरीगन्जमा हत्या भएको प्रहरीले बताएको छ ।

नेपाल भारतको सिमा क्षेत्रमा उनको हत्या भएको हो । भारत नजिक रहेको गौरीगन्जको सिमा क्षेत्र देबीगन्ज भन्ने ठाँउ एकान्तमा लगेर उनको हत्या भएको बताइएको छ । उनि दमकमा कपडाको ब्यवसाय गर्दै आएका थिए ।

आफन्त साथीभाईका अनुसार उनि हिजो देखि हराइरहेका थिए । स्रोतका अनुसार पक्राउ पर्नेमा पौडेलका व्यवासयिक साझेदार श्रदाम हुसेन छन् । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

२६ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको