म माथि लगाइएको आरोपमा ठूलो राजनीतिक षड्यन्त्र छ: प्रकाण्ड (अन्तरबार्ता)


साउन २६, काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले आफूमाथि लगाइएको आरोपमा ठुलो राजनीतिक षड्यन्त्र भएको बताएका छन् ।

प्रकाण्डकाे अन्तरवार्ताकाे लागी जेलभित्रै पुगेका नयाँ पत्रिकाका पत्रकारसँग कुरा गर्दै प्रकाण्डले अाफुमाथि लगाएकाे अाराेपमा ठूलो राजनीतिक षड्यन्त्र हाबी भएकाे बताएका हुन् ।

उनले अाफु जेलबाट निस्किसकेपछि सरकारसँग गिरफ्तार गर्नुको कारणको जवाफ माग्ने बताएका छन् । यदि सरकारले जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्ने समते उनले अन्तरवार्ताका क्रममा बताएका छन् ।

नयाँ पत्रिकाको लागि विश्वास खड्काथोकीले जेलमै पुगेर लिएको अन्तरवार्ता

तपाईंको हिरासत बसाइ कस्तो छ ?

बसाइको अवस्था त हिरासतकै छ ।

तपाईं पूर्वमन्त्री भएकाले पनि यो प्रश्न गरेको । हिरासतकै भन्नाले कस्तो ?

राज्य निकै कमजोर छ । राज्यले गर्नुपर्ने व्यवस्था गरेकै छैन । हिरासतमा रहेका बन्दीको बसोबासमा स्तरीकरण गर्ने र त्यस ढंगले म्यानेजिङ गर्नमा राज्यको कमजोरी नै छ नि ।

तपाईंमाथि सात करोड चन्दा उठाएर ठगी गरेको आरोप छ । खास कुरा के हो ?

यस्तो त मैले पहिलोपटक सुनेँ । देशको विचित्रको चरित्र देखियो । अहिले म माथि जे, जस्तो आरोप लगाइएको छ, त्यसमा ठूलो राजनीतिक षड्यन्त्र हाबी छ । अन्यथा, सोच्नुपर्ने कुनै कारण नै छैन ।

हिरासतभित्र दैनिकी कसरी बिताउनुहुन्छ ?

एउटा त यो हिरासतकै जिन्दगी भयो । एक सय ५० जति बन्दी हुनुहुन्छ, उहाँहरूसँगै बिताउँछु । उहाँहरूकै गुनासो सुन्छु । तर, यहाँको अवस्था गंजागोल छ । आज (शुक्रबार) राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरू पनि आउनुभएको थियो । उहाँहरूसँग पनि यी विषयमा छलफल भयो । भेटघाटका लागि साथीहरू पनि आइरहनुभएको छ । दैनिकी यसरी नै बितिरहेको छ ।

तपाईंलाई यहाँबाट निस्कन सक्छुजस्तो लाग्छ कि लाग्दैन ?

ननिस्कनुपर्ने कुनै कारण नै छैन । जति राज्यले षड्यन्त्र गरे पनि आजीवन बन्दी बनाएर राख्न त सक्दैन नि । त्यसको कुनै आधार पनि छैन ।

निस्किसकेपछि सरकारसँग मलाई गिरफ्तार गर्नुको कारणको जवाफ माग्छु । जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्छ । अवश्य जनताले पनि समेन्ट गर्नेछन् । मलाई के आधारमा समातियो भन्ने कुराको सरकारले मलाई स्पष्ट जवाफ दिनुपर्छ ।

तपाईं निस्कने आधारचाहिँ के हो ?

मेरो कुनै गल्ती नै छैन । कसैलाई सरकारले त्यसै थुन्न मिल्छ ?

तपाईंमाथि चन्दा उठाएर ठगी गरेको आरोप छ नि ?

होइन, मलाई कुनै आरोपमा ल्याइएको होइन । मलाई समातिसकेपछि त्यो आरोप लगाइएको हो । समातिसकेपछि मात्र झुट्टा मुद्दा लागेको हो । राज्यको नेतृत्वमा बसेकाले जे मन लाग्यो त्यो बोल्नुहुँदैन, गर्नुहुँदैन । मलाई के आधारमा समातियो भन्ने कुराको सरकारले मलाई स्पष्ट जवाफ दिनुपर्छ । सरकारले मैले दबाब दिएर पैसा असुलेको एकजना मात्र मान्छे मेरो अगाडि खडा गर्न सक्छ ?

निस्किसकेपछि चाहिँ के गर्नुहुन्छ ?

निस्किसकेपछि सरकारसँग मलाई गिरफ्तार गर्नुको कारणको जवाफ माग्छु । जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्छ । अवश्य जनताले पनि समेन्ट गर्नेछन् ।

तपाईंलाई फसाउनमा क–कसको हात छ ? थाहा पाउनुभएको छ ?

मुख्यतया षड्यन्त्र सरकारकै हो । सरकार चलाउने पार्टीका नेताको पनि उत्तिकै भूमिका छ । त्योभन्दा त अरू कसको हुन्छ र ?

कतै तपाईं हिरासतमा पर्नुमा जेलभित्रैबाट पार्टीको कुनै गतिबिधि सञ्चालन गर्ने रणनीति त होइन ?

त्यो भूमिका त पार्टीले नै खेल्छ । हाम्रा विभिन्न गतिविधि तपाईंहरूले पनि देखिरहनुभएको छ । यहाँबाट मैले जति सक्छु, त्यतिचाहिँ गर्छु ।

२६ श्रावण २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको