साउन २६, काठमाडाै । जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै उपराण्ट्रपति नन्दवहादुर पुनलाई ज्ञापनपत्र बुझाइएको छ ।
राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै रामप्रसाद राई फाउण्डेशन नेपाल र रामप्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझ्दै उपराण्ट्रपति पुनले रामप्रसाद राईलाई सरकारले भुल्न नहुने बताए ।
उनले भने,‘ रामप्रसाद राईजस्ता देशको परिर्वतनको लागि लडेका विर योद्धालाई सरकारले सम्मान गर्छ सबै प्रकृया मिलाएर छिट्टै उनलाई राष्ट्रिय विभुती घोषणा गर्न पहल चाल्नेछ ।’
उक्त ग्यापन पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बुझाईएको थियो। यसअघि तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस