पृथ्वीनारायण शाहलाई आदिवासीले किन थुके ? भिडियो हेर्नुहोस


गणतन्त्र घोषणा भएपछि पहिलो पटक बिहीबार पृथ्वी जयन्ती राज्यले मनाइ रहदा यता आदिवासी जनजाति महासंघ सम्बद्ध जनजातीहरुले पृथ्वीनारायण शाहको नाममा थुकेर बिरोध जनाएका छन् ।

किर्तिपुर बसपार्कमा पृथ्वीनारायण शाहलाई थुक्ने कार्यक्रम रहेको थियो । आदिवासी अभियन्ता आँकाजी शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पृथ्वीनारायण शाहलाई डेढ कराेड आदिवासीले थुकेको बताएका छन् ।

नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा)मा विरोधस्वरुप थुक्ने गर्दछन् ।

बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । ‘राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान हो,’अभियानका संयोजक अर्जुन महर्जनले भने, ‘ भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं । राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ ।

त्यसैगरी पृथ्वीनारायण ठेस लागेर लडेको ढुंगालाई पूजा गर्ने गरेको नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए । त्यस अवसरमा मञ्चका संयोजक सुजीव बज्रचार्य, युथका संयोजक राजाराम तन्डुकार, अधिकारकर्मी कृष्ण भट्टचन, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायतले विचार व्यक्त गरेका थिए । त्यसअघि काठमाडौं असनदेखि कीर्तिपुरसम्म मोटरसाइकल विरोध र्‍याली र कीर्तिपुरवासीले देवढोकादेखि जुलुस प्रदर्शन गरेका थिए ।

यता राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर माल्यार्पण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर औपचारिक रुपमै पृथ्वी जयन्ती मनाइए।

हेर्नुहोस भिडियो 

२७ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको