विश्वमै पहिलाेपटक ४८ मेगापिक्सेलकाे क्यामेरा सहित स्मार्टफाेन अाउदै


विश्वमै पहिलाेपटक ४८ मेगापिक्सेलकाे क्यामेरा भएकाे स्मार्टफाेन अाउन लागेकाे छ। स्मार्टफोन निर्माता चिनियाँ कम्पनी शाओमीले आगामी जनवरी महिनामै शाओमीकाे उक्त स्मार्टफोन लञ्च गर्ने तयारी गरेको बताइएको छ ।

याे माेबायलफाेनमा ६७५ स्नापड्रागन प्राेसेसर रहेनछ। शाओमीले आफ्नो स्मार्टफोनमा सोनी कम्पनीकै सेन्सरको प्रयोग गरेको बताइएको छ । सोनी कम्पनीले गत जुलाईमा ४८ मेगापिक्सेलको सोनी आइएमएक्स ५८६ सेन्सर लञ्च गरेको थियो । सेप्टेम्बर महिनाबाट सोनीले उक्त सेन्सरको बिक्रि सुरु गरेको थियो ।

शाेअाेमी कम्पनी का अध्यक्ष द्वारा शेयर गरिएको पोस्ट अनुसार उक्त स्मार्टफोनमा रियर क्यामराको लेन्स ४८ मेगापिक्सेलको हुनेछ ।उनका अनुसार उनले पछिल्ला केही हप्तादेखि उनले त्यही स्मार्टफोन प्रयोग गरिरहेका बताएका छन। समाचारहरुका आधारमा शाओमीले नयाँ वर्ष सन २०१९ को सुरुवातमै उपभोक्तालाई ४८ मेगापिक्सेल क्यामेरा भएकाे स्मार्टफोन उपहार दिने तयारीमा रहेको अनुमान गर्न सकिन्छ । याे फोनको मूल्य र अन्य फिचर्सका बारेमा भने हालसम्म केहीपनि खुलासा भएको छैन ।

२०७५ मंसिर २४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको