मङ्सिर २४, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्डले अाफ्नो बलिदानी भएपनि जनताको मुक्तिका लागि अाफ्नो पार्टी सधैं लडिरहने बताएका छन ।
गृह जिल्ला कालिकोटको माल्कोटमा अायोजित विशाल सभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार दलाल र भष्ट्रहरुको गठजोडमा बनेको बताए । एक अर्को प्रशङ्गमा प्रकाण्डले दश बर्षे जनयुद्धमा सिङ्गो कर्णाली र कालिकोटका जनताले गरेको योगदानको स्मरण गर्दै उनले जनयुद्धको नेतृत्व गर्नेहरूको धोका र गलत सम्झौताले जनयुद्धका सपना पुरा नभएको बताए ।
प्रकाण्डले अहिलेको कम्युनिस्ट सरकार काङ्ग्रेस भन्दा पनि भष्ट्र बन्दै गएको यो सरकारबाट जनताले कुनै अपेक्षा नराखेको दाबी गरे । अहिलेको सरकार ५ बर्ष चल्ने स्थायी सरकार भनिएको छ १ बर्ष नहुदै सरकारको दिनगन्ति सुरु भएको भन्दै सरकारको विकल्प वैज्ञानिक समाजबाद हुने बताए ।
उनले कम्युनिस्ट सरकारले अाफुहरुले उठाएका न्यायपुर्ण माग उपर हस्तक्षेप गरेको भन्दै जनतालाई दलाल सरकारको प्रतिरोधमा उत्रन निर्देशन समेत दिए ।
प्रवक्ता प्रकाण्डले कर्णालीको विकासमा राज्यको निरिहता र भष्ट्र चरित्रका कारण बिकास हुन नसकेको दाबी गरे ।
प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए ।
जनसभामा माल्कोट,लालु लगाएतका विभिन्न गाउँ बाट जनताको सहभागीता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस