गाउँगाउँमा सिहँदरबार होइन भ्रष्ट र कामचोर स्यालहरु अाए – एटम


मङ्सिर २४, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटमले गाउँ गाउँमा सिंहदरबारका स्यालहरु अाएको बताएका छन । कालिकोटको माल्कोटमा अायोजित विशाल सभामा सम्बोधन गर्दै एटमले सिंहदरबारको भष्ट्रचार गाउँगाउँमा पुगेर भष्ट्रचारलाई सस्थागत गरेको बताए ।

स्थानीय चुनावमा नेपाली जनतालाई देखाईएका झुटा सपना १ बर्ष नहुदै नाङ्गिएको भन्दै एटमले अहिलेको सरकार र स्थानीय निकाय कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको दाबी गरे ।

केन्द्रीय सदस्य एटमले प्रचण्ड बाबुरामको गद्दारीले १० बर्ष जनयुद्ध धोका धडिमा टुङ्गिएको भन्दै हजारौं शहिद तथा वेपता परिवारका सपना पुरा गर्ने जिम्मेवारी अाफ्नो पार्टीको काधमा अाएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अादर्शले गाउँ गाउँमा अाएका नयाँ दलाल लाई गाउँ बाट खेदेर गाउँमा नयाँ सत्ता चलाउनु पर्ने बताए ।

उनले वलि र प्रचण्ड सरकारले अाफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर दिएको दुख प्रति अाक्रोस प्रकट गर्दै जनयुद्धको अाधार ईलाकामा गएर जनता सँग माफि माग्न प्रचण्डलाई चेतावनी समेत दिए ।

कालिकोटको माल्कोटमा अायोजित जनसभामा माल्कोट, लालु लगाएतका विभिन्न गाउँबाट जनताको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता कर्णाली ब्युरो सदस्य बल बहादुर बुढाले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए । कार्यक्रममा सामाना केन्द्रीय परिवारको प्रस्तुति समेत देखाईएको थियोे ।

२०७५ मंसिर २४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको