भाग्य खोसिएको दशैं


मेरो भाग्य खोसिएको दिन थियो दशैं
मेरो रातो सिन्दुर पुछिएको दिन थियो दशैं

अरुका लागि दशै बन्यो मेरो लागि दशा
मेरो सारा रातो लाउने लुगा सेतो रंगमा मुछिएको दिन थियो दशैं

मेरो सिउँदो पुछिएको दिन थियो दशैं
आधा शरीर लुटिएको दिन थियो दशैं

अरूको लागि रंग रमिता थियो दशैं
मेरो लागि रातो चुरा, रातो लुगा थुतिएको दिन थियो दशैं

कहिल्य नफर्किने बनाइयो मेरो खुशी
रातो बस्तु लगाउने मेरो रहर
फर्केर न नाआऊ है फेरि फेरि मेरो लागि कहिले दशैं

२४ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको