पारी राम्रो होला भन्दै मान्छे वारी पछुताउँछन्
वारी कति राम्रो भन्दै कोही पारी पछुताउँछन् ।
कतै छैनन् संतोष लिई बसेका यि मान्छेहरु
ज्ञान बाँड्ने महान ऋषि भेषधारी पछुताउँछन् ।
फल्नलाई त्यहाँ पनि मिठो फल फलेकै थ्यो
चउर हेर्दै माथि तिर पाखो बारी पछुताउँछन् ।
देशलाई जति सक्छौ लुट तिमी पर्दा पछाडि
न्यायलय पुगे बल्ल भ्रष्टचारी पछुताउँछन् ।
यो ‘घायल’ले एअरपोर्ट पुग्दा एकै प्रश्न गर्छ
कुन दिन चैं घुसखोरी कर्मचारी पछुताउँछन् ?
प्रतिक्रिया दिनुहोस