असल खड्कालाई फेरी मकवानपुर पुर्याईयो


असोज २४, काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय तहका सबै नेताहरुलाई रिहा गरेपनि एक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का असललाई अझै रिहा गरेको छैन ।

सर्वोच्च अदालतको आदेशमा उनी आज रिहा हुने अनुमान गरिएको थियो । सर्वोच्चको यस अघिको आदेशमा खडकालाई बुधबार सर्वोच्च अदालतमा ल्याईएको थियो । तर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि बहस नै नभएपछि प्रहरीले फेरी मकवानपुर नै पुरयाएको छ । बुधबार देखी नै दशैं बिदा शुरु भइसकेकोले बहसै नगराई फिर्ता पठाइएको हो ।

रुपन्देही जिल्ला अदालतले असोज ४ गते रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी खडकालाई मकवानपुर पुरयाइएको थियो । उनलाई पालुङमा बसमा आगजनी गरेको अभियोगमा मकवानपुर प्रहरीले गिरफतार गरेर हिरासतमा राख्दै आएको छ ।

उनलाई बिनाकारण गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित दुर्गाप्रसाद जैसीले असोज १४ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सोही रिटमाथिको बहसपछि भोलिपल्ट १५ गते न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले खडकालाई ३ दिनभित्र अर्थात असोज १८ गते बिहान १० बजे पक्राउ गर्नुको लिखित जवाफसहित अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर प्रहरी, अदालतलगायत विपक्षीहरुको नाममा आदेश दिएको थियो । खडकालाई भदौं ५ गते काठमाडौं आउदै गर्दा नौविसेबाट पक्राउ गरिएको थियो ।

२४ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको