सर्वहारा कम्युनिष्टका नेता वामदेव भन्छन् ‘चुनाव जित्न १ खर्ब खर्च गर्न तयार छु’


काठमाडाैं, २४ असाेज । गत सोमबार बिहानसम्म मानन्धरले पद छाड्नुपर्ने कुनै सुइँको पाएका थिएनन् । बिहान पौने १२ बजे शीर्ष नेताले छलफल गर्न भन्दै बोलाए । त्यहीँ राजीनामाबारे कुरा भयाे ।

गौतमले प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएपछि आफूसम्म प्रस्ताव आउन सक्ने अनुमान उनले ६ महिनाअघि नै लगाएका थिए।

तर औपचारिक कुराकानी सोमबार बिहान मात्रै भयो । उनले स्थानीय तहमा कांग्रेसले धेरै स्थानमा जितेको, महानगरपालिकाले जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण जित्न सजिलो नहुने बताएका थिए ।

गौतमले उल्टै प्रश्न गरेका थिए, ‘जित्नका लागि कति खर्च गर्नुपर्ने हो ? एक अर्ब चाहिन्छ ? त्यति भए जितिँदैन ?’ खर्चका लागि गौतम तयार रहेको पनि उनले स्थानीय प्रतिनिधिलाई सुनाए, अन्नपूर्णपाेष्टमा खबर छ ।

 

२४ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको