बामदेबको बुद्दि, बिबेक र पार्टी एकिकरणको नाली बेली….!


बामदेव गौतमलाइ सांसद बनाउनका लागी काठमान्डौ क्षेत्र नम्बर ७ बाट नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बिजयी सांसद रामबिर मानन्धरले राजिनामा गर्ने कुरा जनमानसलाइ त्यती उपयुक्त र न्याय संगत लागेन । त्यस कारण यसको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ ।

बिरोध हुनु स्वभाबिक पनि हो, कीन भने जनताले रामबिर मानन्धरलाइ ५ बर्षका लागी चुनेका हुन्, त्यसैले कसैका लागी बिना कारण राजिनामा गरेर पन्छिनु उपयुक्त हुदै होइन ।

प्रभाब साली नेतालाइ ठाउ छोडे बापत भबिश्यमा मन्त्रि वा त्यस्तै ठुलो पद पाइने आशा भए पनि यो कदम देश र जनताका लागी धोका नै हो । कानुनत राजिनामा गर्न पाइने नियम आफ्नो ठाउमा ठिक होला, तर के कारण राजिनामा गरियो भन्ने कुराले चाँही ठुलो अर्थ राख्दछ ।

यदी भ्रष्टाचार, ज्यानमारा वा त्यस्तै प्रकारको अभियोग लाग्यो भने, अथवा स्वास्थ्यले साथ् नदिएको हो भने मात्र राजिनामा गर्दा उपयुक्त हुन्छ ।

तर कसैलाई जिताउन कै लागी राजिनामा गर्नु त् केवल जग हसाउने काम मात्र भयो । आयन्दा संसदमा उठ्ने व्यक्ति कम्तिमा ५ बर्ष शारीरिक र मानसिक रुपले काम गर्न सक्ने खालको छान्न राजनीतिक पार्टीहरुलाइ अनुरोध छ ।

कुनै सांसदको मृत्यु भएर पद खाली भएको अवस्थामा मात्र उपचुनाब गर्नु उपयुक्त र न्याय संगत हुन्छ । प्रक्रिया मिलाएर मिलिजुली सत्तामा पुग्ने कुराले प्रजात्रन्त्र र लोकतन्त्रको धज्जी उडायो । अब नारायण काजी श्रेष्ठलाई पनी अर्कों रामबीर खोजेर संसदमा ल्याए भयो, कीनकी पार्टी एकीकरणमा वँहाको पनी बामदेबको जत्तिकै योगदान छ ।

एक चोटी चुनाव हारेको व्यक्ति फेरी उपचुनावमा उठनै हुदैन भनेको होईन, तर यो चुनाव गर्न पर्ने समय भने होईन । बरु उपचुनाव गरेर करोडौ रकम त्यसै खेर फाल्न्नु भन्दा बरु त्यो पैसाले तराईमा सित लहरबाट प्रभाबीत गरीबलाई ब्लांकेट कीनेर दिए कसो होला ?

कसैलाई सांसद पद चाहियो भन्दैमा जनताले तिरेको कर वा राष्ट्रको ढुकुटी ख़र्च गरेर जती बेला पनी चुनाव गर्ने कुरालाई जनताले के आधारमा उपयुक्त मान्ने ? राष्ट्रलाई करोडौ घाटा हुने गरी बेला न कुबेला चुनाब गर्ने कुरा पट्टक्कै मिलेन ।

यसरी चुनाब गर्दा जन आक्रोस स्वत बढ्ने छ, अत: जनताले बामदेबलाइ हराउन पनि सक्छन, तर केहि गरि चुनाब जितेमा पनि त्यसले जनता माझ राम्रो सन्देस जादैन । केहि बर्ष अघि तत्कालीन गृहमन्त्री बामदेब गौतमले तत्कालिन एसएसपी रमेस खरेललाई काठमाँडौको प्रहरी प्रमुखबाट हटाउदा ठुलो जन बिरोध भएको थियो । फलस्वरुप: त्यो बेला काठमाँडौमा भएको उपचुनावमा एमालेले काठमान्डौबाट हारेको थियो । त्यसैले यो त गलत समयमा गलत निर्णय भयो । यसले बामदेब गौतमको पनि बदनाम हुंन्छ अनी पार्टीको पनी बदनाम हुनेछ ।

सांसद रामबिर मानन्धरले बि.बि.सी. संगको एक इन्टरभ्युमा पार्टीले चाहे राजिनामा गर्न तयार छु भन्नु भयो । तर यँहालाइ मेरो प्रश्न, हजुरलाइ जिताएको पार्टीले कि काठमान्डौ सातका जनताले ? त्यसैले पार्टीको निर्देशन अनुसार चल्ने कि काठमान्डौ सातका जनताको भावना अनुसार चल्ने ? रामबिर मानन्धरले इन्टरभ्युमा राजिनामाको कारण भने देश बिकासका लागी हो भने । तर यसले देसको बिकास होइन बामदेवको र रामबिरको मात्र बिकास हुनेछ ।

यदी बामदेब संसदमा हुदैमा देश बिकास हुने भए, यो भन्दा पहिले पनि धेरै चोटी बामदेब संसदमा थिए । मन्त्रि र उपप्रधानमन्त्रि समेत थिए, तर खै त् देस बिकास भएको ? पार्टीको जिम्मेबार र प्रभाब साली व्यक्ति देश र जनताको लागी काम गर्न सरकारमै जानु पर्छ र ? पार्टी मै बसेर पनि त् सरकार संचालनका लागी सहयोग र योगदान गर्न सकिन्छ ।

यो देशमा बिकास गर्न सक्ने नेता बामदेब गौतम मात्रै हो ? शारीरिक र मानसिक रुपले सक्षम अनि जोस, जाँगर र जवानी हुदा गर्न नसकेको बिकास बामदेब ज्यु अब कसरि गर्नु हुन्छ ? सरकारमा जानु त धेरै परको कुरा, बामदेब लगाएत धेरै नेताहरु उमेरका कारणले अब पार्टीमा बस्न समेत उपयुक्त छैनन ।

इमान्दार, भिजन भएका, बिज्ञ र सक्षम युवा पुस्तालाइ नेतृत्व हस्तान्तरण गरेर पार्टी बाहिर रहेर अबिभाबकको भूमिका निर्बाह गर्ने उमेरमा पनि अझै संसद बन्ने रहर गर्नु युक्ति संगत भएन ।

बामदेब गौतमले पार्टी एकीकरणमा महत्व पूर्ण भूमिका निर्बाह गरेका छन्, तर त्यस बापत बामदेब गौतमलाइ सांसद पद पुरुस्कारका रुपमा दिन मिल्दैन । मदन भण्डारीले भने झैँ मैले यति बर्ष पार्टीमा योगदान गरे, त्यसैले अब मलाइ यो पद दिनै पर्छ भन्नु पुरस्कार वितरण समारोह जस्तै हो । त्यसैले यदी साँच्चिकै देश बिकास गर्ने हो भने राजनीतिक पद योगदानका आधारमा होइन, योग्यताका आधारमा मात्र दिइनु पर्दछ ।

करिब १५/१६ बर्ष अगाडी बामदेब गौतम गृहमन्त्री हुदा एमालेले स्थानीय निर्बाचनमा करिब दुइ तिहाइ सिट ल्याएको कुरा पनि बिर्सनु हुदैन । अर्को एउटा घटना, मनोमोहन अधिकारि जीवित छदा एमालेले बहुमत ल्याएर पांच बर्ष स्थिर सरकार चलाउने स्थिति थीयो । तर बामदेब गौतमले गिरिजा र खुम बहादुर खडकाको प्रभाबमा परेर ४० सांसद लिएर पार्टी फुटाए । फलस्वरुप एमालेले बहुमतको सरकार बनाउने ठुलो अबसर गुमायो ।

एक अन्तरवार्तामा खुम बहादुर खड्काले गिरिजाको निर्देसनमा बामदेबलाइ पार्टी फुटाउन मनाउने मै हो भनेर भनेका थिए । यो घटनाले गर्दा स्थिर सरकार बन्नबाट रोकेर देस बिकासमा ठुलो घाटा भएको थीयो । पछि ४० सिट लिएर फुटेको बामदेब नेतृत्वको पार्टीले एक सिट पनि जित्न नसके पछि बाध्य भएर पार्टी एकीकरणका नाममा उनि एमालेमै फर्किन बाध्य भएका थिए ।

त्यसकारण बामदेबले एक चोटी पार्टी फुटाए, एक चोटी पार्टी जोडाए, त्यसैले हिसाब बराबर । मनोमोहन अधिकारिका पालामा बामदेबले एक सिट पनि जित्न नसके पछि पुन एमालेमा फर्के जस्तै, मावोबादी पनि चुनाबमा पतन हुने भएपछि एमाले संग मिल्न बाध्य भएको हो । कीन भने स्थानीय निर्बाचनमा मावोबादीको काठमान्डौ मै धरौटी जफत भएको थीयो ।

त्यसो हुनाले पार्टी एकीकरण गरेर सत्तामा ५ बर्ष टिकुन भनेर नेपाली जनताले बाम गठबन्धनलाइ दुइ तिहाइ मतले जिताएका होइनन । समयमै बुद्दी पलाओस ।

२४ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको