गाउँपालिका अध्यक्षविरुद्ध उत्रिए विद्यालय, शिक्षक नियुक्तिमा चलखेल गरेको गम्भीर आरोप


असोज २४, रोल्पा सुकिदह । सुकिदह उर्फ गंगादेव गाउँपालिका प्रमुख बिर बहादुर खत्री बिरुद्द गाउँपालिकाका ९ वटा बिद्यालयहरु बिरोधमा उत्रिएका छन् । खत्रीले आफ्ना पार्टी नजिकका व्यक्तिहरुलाई करार शिक्षक नियुक्ति गर्न चलखेल गरेको भन्दै प्रमुखको विरोधमा उत्रिएका हुन् ।

रोल्पाको गङ्गादेव गाउँपालीका प्रमुख बिर बहादुर केसी

१३ वटा बिद्यालय अन्तरगतका ९ वटा बिद्यालयले करार शिक्षक नियुक्ति बिषयलाई लिएर मौखिक परिक्षा बहिष्कार गरेका छन् । प्रगतिशिल प्रा.वि. घोप्टेओढार, खकेन्द्र प्रा.वि. झ्याम, लोकतन्त्र प्रा.वि. तिमीले रांक, जन बिकाश प्रा.वि. नेटापरी रांक, बर्मा सिद्द प्रा.वि. रांक, दशरथ तिन्ड प्रा.वि. डाँडागाउँ पाखापानी, इन्द्र सेवक प्रा.वि. पाखापानी, जनचेतना प्रा.वि. बडामेला, ज्ञान कुन्ज प्रा.वि. ओतका बिद्यालयहरु बिरोधमा उत्रिएका छन् ।

जिल्ला समन्वय समितिको पहलमा शिक्षा बिभागले प्राथमिक तहमा सिक्षण सिकाई सुधार अन्तर्गत अनुदान कोटा दिएको हो । तर, शिक्षक छनौट समिति आफ्नो पहुँचमा निर्माणगरि आन्तरिक सेटिंग मिलाएर आफु निकटका शिक्षकहरुलाई सामुदायिक बिद्यालयमा जागिर खुवाउन लिखितमा नाम निकालेको भन्दै ९ वटै बिद्यालयले मौखिक परिक्षा बहिस्कार गरेको बताएका छन् । शिक्षक छनौट समिति निर्माणमै प्रमुख बिर बहादुरले ठाडो हस्तक्षेप गरेको उनीहरुको आरोप छ ।

यस्तो छ शिक्षा नियमावलीमा शिक्षक छनौट समिति राख्ने प्राबधान

शिक्षा नियमावलीको ९६ क. (शिक्षक छनौट समिति) र ९७ (करार शिक्षक छनौट सम्बन्धि ब्यबस्था) को प्रक्रियालाई ठाडो उलंघन गरेर, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र गाउँपालिका शिक्षा प्रमुख (आरपी) को सहभागिता विना केवल दुई विशेषज्ञ द्वारा प्रमुख खत्रीले परिक्षा गराएको गम्भीर आरोप लगाएका छन् ।

हेर्नुहोस शिक्षक छनौट समितिको नियामावलीआफु निकट दुई जना बिशेषज्ञहरु खलसीङ बुढा र हरि घर्तिलाई आफ्नो अनुकूलतामा प्रयोग गरि चलखेल गरेको उनीहरुको बुझाइ छ । बाल कल्याण माबी लिवाङमा अध्यापन गराईरहेका खलसीङ बुढा र गापा माबी धवाङ रोल्पामा अध्यापन गराईरहेका हरि बहादुर बुढालाइ विशेषज्ञको रुपमा गाउँपालिका अध्यक्षले ल्याएका थिए ।

उनीहरु दुवैजना पुर्व एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्द रहेको स्रोतले बताएको छ ।

शिक्षा नियमावली अनुसार प्रश्न पत्र बनाउँदा गाउँपालिका शिक्षा प्रमुखको अनिबार्य सहभागिता हुनुपर्छ, तर प्रमुख खत्रीले शिक्षा प्रतिनिधि (आरपी) शेर बहादुर डाँगीलाई समेत प्रश्नपत्र बनाउनबाट बन्चित गराएको स्रोतको दावी छ ।

गाउँपालिका शिक्षा प्रतिनिधि डाँगीले उक्त निर्णयको ठाडो बिरोध जनाउदा पनि प्रमुख खत्रीले मनोमानी तरिकाले आफ्नो निर्णय गरेको बताइएको छ ।

शिक्षक छनौट प्रक्रियाबारे शिक्षा नियमावली अनुसार गाउँपालिका प्रमुखको अनुगमन बाहेक अरु कुनै पनि हस्तक्षेपकारी भूमिका नहुने शिक्षा नियामावलीमा प्रष्ट उल्लेख छ । तर शिक्षक छनौट प्रक्रियामा पूर्ण हस्तक्षेप गरेको सहभागी परीक्षार्थी र बिब्यस अध्यक्ष तथा प्रधानाध्यापकले गुनासो गरे ।

आफु निकटका शिक्षकहरुलाई जागिरे बनाउन परिक्षा पुर्ब नै  प्रश्नपत्र आउट गरेको परिक्षामा सहभागी एक शिक्षकले आरोप लगाएका छन् ।

विव्यस र प्रधानाध्यापकहरुको यस्तो छ असन्तुष्टि

लोकतन्त्र प्राथामिक बिद्यालय रांकका प्रधानाध्यापक टोप बहादुर केसीले शिक्षक छनोट प्रक्रियामा अनियमितता भएकाले आफुहरुले मौखिक परिक्षामा सहभागिता नजनाएको जानकारी दिए ।

उनले पोष्टपाटीसंग टेलीफोनमा कुरा गर्दै भने- ‘परिक्षामा सहभागी भएका परिक्षार्थिमध्ये ट्यालेन्ट परिक्षार्थिको नम्बर थोरै आयो, बिषयगत परिक्षामा थोरै नम्बर ल्याउनेको बस्तुगत परिक्षामा धेरै आएको छ । बस्तुगत परिक्षामा तगडा परिक्षार्थिको १५/१६ आएको छ, लुज केहि नजान्नेको पनि २८/२९ आएको छ, त्यसैले बस्तुगत परिक्षामा ब्यापक अनियमितता भएको केसीको दावी छ ।

यस्तै लोकतन्त्र प्राथामिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम केसीले शिक्षकको परिक्षामा गाउँपालिका अध्यक्षले हस्तक्षेप गरेको बताए ।

अध्यक्ष केसीले जुन मान्छे हुन्छन भनेर पहिला नै हल्ला गरिएको थियो, ति मान्छेहरुको मात्र नाम लिखितमा अगाडी आएपछी आफुहरुलाई अनियमितता भएको शंका लागेको बताए । उनले पार्टीगत रुपमा आफ्ना मान्छे भर्ति गर्न चलखेल गरेको आरोपसमेत लगाए । उनले मावि र निमावीको परिक्षामा अनियमितता नभएको र प्राविको परिक्षामा ब्यापक अनियमितता भएको पोष्टपाटीलाई जानकारी दिए ।

आरपीको सहभागिताबिना परिक्षा बनाएको जानकारी दिंदै केसीले भने- ‘गाउँपालिका अध्यक्षको र विशेषज्ञ सरहरुको हिमचिम सबैले देखेकै छन्, परिक्षा स्रोत व्यक्तिले गराउनुपर्ने हो, तर त्यहाँ आरपी सरलाई प्रश्न पत्र बनाउदा पनि सहभागी गराईएन, उहाँले हस्ताक्षर पनि गर्नु भएको छैन, प्रश्न पत्र बनाउदा होटेलमा बनाइयो, प्रश्न पत्र पनि त्यहि जाँच गरियो,’ । उनले गाउँपालिका अधयक्षले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रावि शिक्षकको परिक्षामा चलखेल गरेको आरोप लगाए ।

यसैगरी प्रगतिशील प्राथामिक बिद्यालयका प्रधानाध्यापक कमला घर्तिले शिक्षक छनौट प्रकियामा तिब्र असन्तुष्टि जनाएकी छन्  ।

प्रधानाध्यापक घर्तीले भनिन -‘आफुले चाहेका शिक्षकहरुलाई जागिर दिने भन्दै पहिले देखिनै प्रमुखले आश्वासन दिएका थिए, कतिपय आश्वासन पाएकाहरुले पनि जागिर नपाउने भएपछी उनीहरु नै प्रमुख प्रति असन्तुष्टि पोखिरहेको बताइन ।,’

आफुले पढाउने बिद्यालयमा कार्यरत एक शिक्षकलाइ प्रमुखले जागिर मिलाई दिने आश्वासन समेत दिएका थिए , तर अहिले कार्यरत शिक्षकलाई नियुक्त दिन नसक्ने भएपछी घर्तीले मौखिक परीक्षामा आफुहरु सहभागी नहुने निर्णय गरेको जानकारी दिईन । कार्यरत शिक्षकले दुख गरेको आधारमा पनि नियुक्ति पाउनु पर्नेमा घर्तीको जोड रहेको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले शिक्षक विशेषज्ञ खोज्न गाउँपालिका प्रमुखलाई जिम्मा दिएर आफुहरुले गल्ति गरेको र यसकै फाइदा उठाएर प्रमुख खत्रीले मनोमानी ढंगले परिक्षा बनाएको प्रधानाध्यापक घर्तीको गुनासो छ ।

यस्तै यहि बिषयमा कुरा गर्न हामीले दुई पटक टेलीफोन सम्पर्क गर्दा पनि गाउँपालिका अध्यक्ष बिर बहादुर केसीको फोन उठेन ।

२४ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको