नेकपा विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवास मोर्चा कतारले दिल बहादुर घर्तीलाई आर्थिक सहयोग हस्तान्तरण


रोल्पा लिबाङ नगरपालि वार्ड न:१० लावाङ निबासी दिल बहादुर घर्तीले चलाएको ट्रकको ठक्करले एक जना साउदी स्थानीय नागरिकको ज्यान गएपछि साउदीको उच्च अदालतले २ लाख २५ हजार रियाल नेपाली करिब ६५ लाख रुपैया ब्लडमनि तिर्नु पर्ने फैसला सुनाएको थियो । घर्ती रोजगारीको शिलशिलामा २०७२ साल माघ १८ गते साउदी पुगेका थिए । ट्रक दुर्घटनापछि दिल बहादुर २०७३ साल जेठ ३० गते जेल परेका थिए । लामो समयदेखि साउदीमा ब्लडमनि सजाय भोगिरहेका दिल बहादुर घर्तीको तर्फवाट ब्लडमनि बुझाएपछी एक हप्ता पहिले दिलबहादुर जेल मुक्त भएका छन् । जेल मुक्त नहुँदै नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवाश ब्यरो संगठन नेपाली जनप्रगतिशिल मोर्चा कतारले सहयोग स्वरूप ३२५७०/ नेपाली रुपैयाँ पठाएको थियो तर नेताहरुको धरपकड शुरु भएपछी पठाएको रकम हस्तान्तरण हुन सकेको थिएन ।

दिलबहादुर घर्तिको धर्म पत्नी मनिका बुढा पनि आफ्नै जीवन साथिको उदारको लागि काठमाडौ तिर भएकोले आर्थिक हस्तान्तरण गर्न जिल्ला पार्टीले पनि सकिरहेको थिएन र हाल मनिका बुढा काठमाडौबाट रोल्पा घर फर्किदै गरेको खबर जिल्ला पार्टीले बुझे पछि उहाँ काठमाडौबाट रोल्पा आएको बेला मनिका बुढालाई यात्राकै क्रममा रोल्पा पुग्ना साथ कतारबाट पठाएको आर्थिक रकम नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व रोल्पा जिल्ला लिबाङ नगरपालिका इन्चार्ज धन बहादुर थापाले हस्तान्तरण गर्नु भएको छ ।

कतार स्थित L&T कम्पनिमा कार्यरत म्याग्दी जिल्लाका भरत बिकको नेतृत्वमा L&T का काम गर्ने नेपाली, भारतीय र बंगालीहरुवाट पनि सहयोग सङ्कलन गरि मोर्चालाई हस्तान्तरण गरेको मोर्चाका प्रतिनिधि बेद बोहराले बताउनु भयो । उक्त आर्थिक अभियान मोर्चाका अध्यक्ष शिशिर भण्डारी, उपाध्यक्ष साजन गुरुङ र मोर्चा केन्द्रीय सदस्य बेद बोहरा र मोर्चाको सहानिया इकाई कमिटि सदस्य समीरको नेतृत्वमा रकम संकलन गरिएको थियो । आर्थिक अभियानमा बिबश लिम्बू , खडक राना, कमल पुन, जोख प्रशाद पुन मगर, गणेश बि क, कुमार अधिकारी, समीर चौधरी, बिबस जिम्बा लगायत L&T कम्पनीका कामदारहरुवाट मगन्य सहयोग भएको मोर्चाका अध्यक्ष सिसिर भण्डारीले पोष्टपाटीलाई बताउनु भयो ।

२५ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको