फेरि पक्राउ परे अर्का पत्रकार


भदौ २५, काठमाडौँ । महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलासन्युज डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेको छ ।

उनले दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा सेयर गरेका थिए । समाचारमा ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गा भुमाफिया परिचालित गरि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले बिक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको भन्ने समाचार छापिएकाे थियो ।

बस्नेतविरुद्ध सुशील खनालले जाहेरी दिएका थिए र सोही आधारमा उनी पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी हाल सरकारी वकिलको कार्यालय ललितपुरमा बयान लिने काम भइरहेको छ ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानको सिलसिलामा प्रधानसम्पादक बस्नेत पक्राउ परेका हुन् । काठमाडौं जिल्ला अदातले बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न भदौ २४ गते आदेश दिएको थियो ।

२५ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको