फुजेल घटनाका आरोपी छविलाल रिहा


भदौ २५ , काठमाडौं । गाेरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ ।

रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए । समर्थकले पञ्चेबाजासहित र्‍यालीसमेत निकालेका छन् ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्डले उनको स्वागत गर्ने भनिए पनि उनी भने उपस्थित भएनन् ।

रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने, ‘उहाँहरुलाई पछतो नहोस् ।’

२५ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको