साउन २५, काठमाडौं । साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित साहित्यकार यज्ञनिधिको शुक्रबार निधन भएको हो ।
अन्नपूर्ण न्यूरो अस्पतालमा आईसियुमा राखेर उपचार गराउँदै आएका यज्ञनिधि बिहीबार बिहानको खाना खाएपछि घरमै अचानक लडेर बेहोस भएपछि त्यहाँबाट सुमेरु अस्पताल लगिएको थियो ।
सुमेरु अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको उनका आफन्तले जानकारी दिएका छन् । उनको शव मण्डिखाटारस्थित निवासमा लगेर राखिने पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
यद्यपी उनको अन्त्येष्टीका बारेमा निधो भइनसकेको उनका आफन्तले जानकारी दिएका छन् । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहाललाई बनस्थलीस्थित राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रमा पनि लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस