छोरी भगाएको निहुँमा केटाको घर तोडफोड, ९ जना पक्राउ


साउन २५, कपिलवस्तु । कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा तोडफोड भएको छ ।

दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमानको मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको कृष्णनगर प्रहरीले जनाएको छ ।

छोरी भगाएको निहुँमा ठूलो संख्यामा गएको हूलले केटाको घरमा तोडफोड गरी क्षति पु¥याएको वताइएको छ । घरभित्र गई भाँडाकुँडा, खाद्यान्न, पम्पसेट लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडबाट झण्डै ३ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीलाई समेत केटि पक्षकाले हातपात गर्न खोजेको बोगटी वताउनुभयो ।घरबाट भागेका केटा र केटी दुवै अहिलेसम्म परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

२५ श्रावण २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको