साउन २५, काठमाडौ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अपराधी भएको बताएका छन ।
आफ्नै कार्यकर्ताहरुबाट प्रकान्डको पक्राउ बिषयलाई बिरोध भइरहदा प्रकान्ड गैरकानुनी क्रियाकलापमा सहभागी भएकोले पक्राउ गरेको गृहमन्त्री थापाले बताए । गैरकानुनी क्रियाकलाप गर्नेलाई सरकारले नछोड्ने भन्दै थापाले अपराध नियन्त्रणका लागि सरकारले आफ्नो काम गरेको बताए।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले भने, ‘म गृहमन्त्री हुँ। मेरो काम अपराध नियन्त्रण गर्ने हो। त्यसैअन्तर्गत प्रकाण्ड समातिएका हुन्, कानुन र विधि उल्लघंन गरेकाले प्रकाण्ड अपराधी हुन्।’
त्यसैगरी निशान खड्का अपहरणमा संलग्न दुई अपहरणकारीमाथि गरिएको इन्काउन्टर फेक (झूठो) नभएको दावी गरेका छन्। मन्त्री थापाले प्रहरीसँगको मुठभेडमा अपहरणकारी मारिएको दावी गरेका छन।
पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले निशानको अपहरणपछि हत्याको आरोप लागेका गोपाल तामाङ र अजय तामाङ इन्काउन्टरमै मारिएको बताएका हुन्। अपराध न्यूनीकरणका लागि सरकार सफल भएको समेत उनको दावी छ ।
प्रतिक्रिया दिनुहोस