खेलकुदमा फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम नसुन्ने मानिस विरलै भेटिएलान्। उनी फोब्र्स पत्रिकाको सर्वाधिक धनी खेलाडीको सूचीमा निरन्तर परिरहेकै छन्। पत्रिकाका अनुसार उनीसँग सन् २०१७ मा पारिश्रमीक र अन्य आम्दानी गरेर कूल ९३ मिलियन अमेरिकी डलर रहेको छ।
राेनाल्डाे परोपकार तथा सामाजिक कार्यमा पनि उतिकै संलग्नता जनाउँछन्। साथै आफ्नो विलासी जीवनशैलीको सार्वजनिक प्रदर्शन गर्न पनि उनी हिच्किचाउँदैनन्। हालै मात्र उनले इन्स्टाग्राममा आफ्नो स्पेनमा रहेको ४८ लाख यूरो पर्ने आलिशान घर र त्यसभित्र उनले उपयोग गर्ने सुविधाहरूको तस्वीर सार्वजनिक गरेका छन्।
३२ वर्षीय रोनालडो उक्त घरमा आफ्नी गर्लफ्रेण्ड एवं श्रीमति जर्जीना रोड्रिगेज र चार सन्तानका साथ बसोबास गर्छन्। तल उनै रोनाल्डोको आकर्षक बङ्गला र त्यसभित्रको उनको जीवनशैली प्रस्तुत गरिएको छ।
हेर्नुहोस तस्बिरहरु:-
तस्बिर नम्बर १. यस घरमा रोनालडो आफ्नो गलफ्रेण्ड एवं चर्चित मोडेल जर्जीना रोड्रिगेज र चार सन्तानहरू रोनाल्डो जेआर, अल्बाना मार्टिना, म्याटियो रोनाल्डो र इभाका साथ बस्ने गर्छन्। उनी परिवारसँग समय बिताउन मन पराउँछन्।
तस्बिर नम्बर २. रोनाल्डो कहिले आफ्नो ठूलो छोरासँग आफ्नो आकृति कोरिएको नरम ओढ्ने ओढेर आराम पनि गर्ने गर्छन्।
तस्बिर नम्बर ३. यस फोटोमा उनी र उनका जेठो छोराको संयुक्त पेन्टिङ उनको घरमा भित्तामा राखिएको देख्न सकिन्छ।
तस्बिर नम्बर ४. रोनाल्डोको घरमा प्रशस्त रुपमा चित्रहरू र पारिवारिक तस्वीरहरू राखिएका छन्। यहाँ उनको स्वर्गीय पिताको आकृतिका साथ उनी र छोराहरू बसिरहेका छन्।
तस्बिर नम्बर ५. तस्वीरमा उनी परिवारका साथ आफ्नो घरको डाइनिङ टेबलमा बसेर भोजन गर्न लागेका छन्। रोनाल्डोका अनुसार यो उनको घरको सबैभन्दा केन्द्र हो किनकी उनीहरू सबैजना प्रायः यहीं बसेर खाना खाने गर्छन्।
तस्बिर नम्बर ५. रोनाल्डोको घरमा रहेको यस ठूलो टेलिभजन भित्तामा झुण्डाइएको छ, जहाँ सायद उनीहरू फुटबल हेर्ने अनुमान गर्न सकिन्छ।
तस्बिर नम्बर ६. अचम्म लाग्न सक्छ तर रोनाल्डोले आफ्नो घरमा रहेको यस कोठमा सम्पूर्ण जिमका सामाग्रीहरू राखेका छन्। जहाँ उनी आफ्नो अधिकतम समय बिताउँछन्।
तस्बिर नम्बर ७. कहिलेकाहीं यसरी आफ्ना छोराछोरीका साथ रहेर पनि उनी जिम गर्न रुचाउँछन्।
तस्बिर नम्बर ८. कहिलेकाहीं घरबाहिर रहेको काठको कुर्सीमा आन्नदसँग सुतेर घाम ताप्नु पनि उनको सौख हो।
तस्बिर नम्बर ९. उनीसँग आफ्नो नाम अंकित ओढ्ने ब्ल्याङकेट तथा सिरानीहरू रहेका छन् जहाँ उनी आरामका साथ निदाउने गर्छन्।
तस्बिर नम्बर १०. सँधैको व्यस्त जीवनबाट उनी बेलामौका यसरी सोफामा बसेर कफी खाँदै पुस्तक पढ्न रुची राख्छन्।
राेनाल्डाेकाे यस बंगला मड्रिड सहर नजिकैको ला फिन्सा भन्ने नगरमा रहेको छ। यस क्षेत्र, पोजीउलो डी अलार्कोन भन्ने नगरपालिकामा पर्छ। रियल मड्रिडकै प्रशिक्षक एवं पूर्व खेलाडी जिनेदिन जिदान तथा ग्यारेथ बेल उनको छिमेकी रहेका छन्।
हेर्नुहोस उनको बंगलाको भिडियो यस्तो छ :
https://youtu.be/ygdLQT6gPK8
प्रतिक्रिया दिनुहोस