डा. गोबिन्द केसीलाई मेडिकल कलेजका मालिक अर्यालले किन आतंककारी भने ?


काठमाडौं । सहज स्वास्थ्य सेवा लगायत विभिन्न माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीको पक्षमा हजारौं मानिस सडकमा ओर्लिरहँदा युनिभर्सल मेडिकल कलेजका मालिक खुमा अर्यालले भने आतंककारीको संज्ञा दिएका छन् ।

मेडिकल कलेज संचालन गर्दैआएका व्यावसायी अर्यालले डा. केसीको आन्दोलनको विरोध गर्दै ट्वीटमार्फत यस्तो बताएका हुन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘३ करोड नेपाली जनताको नाममा उनी आतंककारी हुन् ।’ उनले ‘टेरोरिस्ट’ शब्द प्रयोग गर्दै डा. केसीविरुद्ध आक्रोश पोखेका हुन् ।

अर्यालको यस्तो ट्वीट सार्वजनिक भएपछि डा. केसीका प्रशंसकहरुले विरोध जनाएका छन् । उनीहरुले सामाजिक संजालमा अर्याल आफैँ आतंककारी भएको भनी सामाजिक संजालमा आफ्ना बिचार व्यक्त गरेका छन् ।

डा. केसीका प्रशंसकहरुले सामाजिक संजालमा अर्याल आफैँ मेडिकल माफिया भएकाले आफ्नो व्यवसाय धरापमा पर्ने भएपछि विरोध गरेको हुनसक्ने बताएका छन् । साथै उनीहरुले अर्यालले आफ्नो ‘अवैध व्यवसाय’ धरापमा पर्ने भएकाले डा. केसीको विरोध गरेको भन्दै विरोध जनाएका छन् ।

केसीले अदालतमा भने- मैले प्रधानन्यायाधीश भ्रष्ट र माफिया हुन् भनेकाे हुँ, सक्छौ भने पुष्टि गर

त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीविरुद्ध अदालतको अवहेलना मुद्दामा बुधबार पनि सुनुवाइ भइरहेको छ। बुधबार पनि अदालत ल्याइएका केसीले आफूले प्रधानन्यायाधीश गोपाल पराजुलीबारे राखेका धारणाबारे छानबिन गर्न माग गरेका छन्। मंगलबार आफूले अदालतमा प्रधानन्यायाधीशलाई लगाएको आरोपबारे छानबिन हुनुपर्ने उनले बताएका हुन्।

डा. केसीले बुधबार सुनुवाइका क्रममा भने, ‘म एक सार्वभौम मुलुककाे नागरिक हुँ, मलाई वैयक्तिक अभिव्यक्ति स्वतन्त्रता छ, मैले प्रधानन्यायाधीश भ्रष्ट र माफिया हुन् भनेकाे हुँ, सक्छौं भने पुष्टि गर।

डा. केसीको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीशहररू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। बुधबार केसीको पक्ष र विपक्षमा कानुन व्यवसायीहरूले आ-आफ्नो धारणा राख्दै छन्।

२६ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको