कर्मसहि घर्ती मगर/२६ पुस, रुकुम पूर्व
पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ रन्मा गाउँदेखि दुई दिन हिँडेर पुगिने पर्यटन तथा यार्सा क्षेत्र सुनदहसम्म खच्चड बाटो पुगेको छ । निकै जोखिमयुक्त उक्त बाटोलाई करीब एक सय पचास जनाले नाैँ/नाैँ दिन खनेर सकिएको कुरा उक्त वडाका अध्यक्ष ढोकरा बुढाले बताए ।
यो भन्दा अगाडी गोरेटो बाटो रन्मादेखि बारास गाेँसम्म र बारास गाेँदेखि सुनदहसम्म गरेर केवल मान्छे हिड्ने जोखिम पूर्ण गोरेटो बाटो थियो । विशेषगरी यार्सागुम्बा टिप्न जाने बेला अत्यधिक जनमानस उक्त जोखिम बाटोमा हिँड्नु परेको दयनिय अवस्था थियो ।
अहिले उक्त गोरेटो बाटोमा बस्तुभाउ समेत र खच्चडहरु मजाले भारीसँग पनि आतेजाते गर्न सकिने कुरा अध्यक्ष बुढाले बताए ।
वडा नं ३ बाटै छुट्याइएको दस लाख रकम र जनश्रमदानबाट यो बाटो निर्माण हुँदा हजाराैँ जनता तथा पर्यटकहरु लावान्भित हुन सक्ने अनुमान गरिएको छ ।
यो भन्दा अगाडी आन्तरिक तथा बाह्य पर्यटकहरु सुन्दर पर्यटन नगरी सुनदहमा जान निकै कठिन यात्रालाई स्विकार्नु पर्ने बाध्यता थियो । अहिले रन्माका जनताले यो जटिलतालाई निकै सहज बनाएको कुरा अध्यक्ष बुढाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस