युएईको नेपाली दूतावासले रिक्त पदपूर्तिको लागि आफ्ना मान्छे राख्न सूचना लुकायो


पुस २६ – नेपाली दूतावास आबुधाबीले रिक्त पदपूर्तिका लागि कर्मचारी मागबारेको सूचना वेवसाइट र सामाजिक सन्जालमा राखेको छैन ।

कार्यालय सहयोगी आवश्यक परेको सूचना दूतावासले पुस १६ गते जारी गरेको थियो । औपचारिकता निभाउन सूचना दूतावासकै सूचना पाटीको छेउमा मात्रै टाँसिएको छ । कुटनीतिक नियुक्ति पाएर आउने अधिकारीको स्वागतदेखी बिदाईका गतिविधि राख्ने दूतावासले यसपटक वेवसाइट र फेसबुक पेजमा सूचना राखेको छैन ।

युएईमा रहेका सम्पूर्ण नेपालीहरु दुतावास पुग्ने पहुच हुदैन र इलेक्ट्रोनिक प्रविधिको सहायताबाट उक्त अबसर पाउने नेपालीहरुका लागि नेपाली दूतावासबाट बन्देज गरिएको भन्दै युएइमा नेपालीहरुको गुनासो पोखिएको छ ।

कार्यकाल सकेर नेपाल फर्कन लागेका उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले आफ्ना मान्छे राख्न खोजेको भन्दै यहाँ कार्यरत कामदारले टिप्पणी गर्न थालेका छन् । टन्डन माघ पहिलो हप्ता नेपाल फर्कदै हुनुहुन्छ । यसबारे टन्डन सँग बुझ्न टेलिफोन प्रयास गरेपनि सम्पर्क हुन सकेन ।

दूतावास स्थापना भएदेखि कार्यरत चितवनका रामशरण भण्डारीले काम छोडेर नेपाल फर्किएपछि रिक्त पदपूर्तिका लागि आवेदन गरेको दूतावासका प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो ।

दिनहुँ ५० भन्दा धेरैजना सेवाग्राही दूतावासमै आउने भएकाले सूचना दूतावासको सूचना पाटीमा मात्रै राखिएको अर्यालले बताउनुभयो । उहाँका अनुसार १५ जनवरीसम्म आवेदन खुल्ला गरिएको छ ।

उज्यालो कर्मी उमाकान्त पाण्डेको सहयोगमा यो खबर प्रकाशित गरेका छौ ।

२६ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको